पत्रकारले ठूला–ठूला भ्रष्टाचारको मुद्दाहरु वाहिर ल्याएपनि ठूला राजनीतिक दलले कारबाहीमा चासो नदेखाएक राप्रपाका अध्यक्ष कमल थापाको आरोप
तपाईको प्रतिक्रिया





पोखरा, २३ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संचारकर्मीले खोज पत्रकारिता गरी ठूला–ठूला भ्रष्टाचारको मुद्दाहरु वाहिर ल्याउने गरेको भएपनि लोकतन्त्रको आवरणमा ठूला राजनीतिक दल, भ्रष्टाचारको कारवाहीमा कुनै चासो नदेखाएको बताएका छन।
मुस्ताङको मुक्तिनाथदेखि सुरु गरिने राप्रपाको दोस्रो राष्ट्रिय स्वाभिमान यात्राको पूर्व सन्ध्यामा मिडिया नेपाल कास्कीद्वारा विहीबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा वोल्दै थापाले भने– राजनीतिक मिलेमतोको हुने भ्रष्टाचार नियन्त्रण गर्न अन्य लोकमा जानु पर्ने अवस्था छ । भ्रष्टाचार गर्ने राजनीतिक दलका तल्लो तहका नेताले कुरा उठाएपनि माथिल्लो तहका नेता मिलेपछि उनीहरु चुप लागेर बस्नु पर्ने अवस्था छ, नेता थापाले भने– यतिबेला भ्रष्टाचारमा सत्तापक्ष मात्र हैन प्रतिपक्ष समेत लागेको छ ।
निर्वाचनको बेला विदेशीको पैसाले चल्ने ठूला राजनीतिक दलले राष्ट्रियहित र नागरिकको हितमा काम गर्दैनन, उनीहरु विदेशीकै निर्देशनमा चल्छन, थापाले भने–विदेशीकै सहयोग र चलखेलमा ति दलले निर्वाचन जित्ने आरोप उनको छ । देशमा यतिवेला ६ वटा चुनौति गरिबी, भ्रष्टाचार, धर्म परिवर्तन,राष्ट्रिय विखण्डनको खतरा, सर्वसत्तावादको खतरा, शान्ति स्थापना रहेको छ ।
नयाँ संविधान निर्माणसँगै शान्ति र राजनीतिक स्थीरता आउनु पर्ने थियो तर त्यस्तो हुन सकेन् । संविधान निर्माण हुँददेखि नै संविधानप्रति असन्तुष्टि प्रकट गर्दै आएको समूह ठूलो छ, त्यसमा पनि विप्लव समूह द्धन्द्धमा नै सक्रिय छ, उनले भने– यो असन्तुष्टि विस्फोट भयो भने देशमा भयावह अवस्था ल्याउन सक्छ, त्यस्तो विस्फोटले देशलाई तहसनहस गर्ने छ ।
राप्रपा नेपालमा हिन्दुराष्ट्र , संवैधानिक राजतन्त्र र राष्ट्रियताको मुद्दा लिएर अगाडि वढेको बताउदै अध्यक्ष थापाले भने –पछिल्लो समय पूर्व राजाको वरिपरी घुम्ने आधा दर्जन व्यक्तिबाट मलाई दुःख दिइरहेका छन्, एकीकरण भएको राप्रपा फूटाउने कार्य पनि उनीहरुबाट नै भयो, अझै पनि साना–साना समूह खडागरी पूर्व राजासँगको सम्वन्धमा फाटो ल्याउने काम भइरहेको छ ।
Related