• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकी प्रदेश नीति तथा कार्यक्रमः कृषि, पर्यटन, उर्जासहित पूर्वाधारमा जोड् (पुर्ण पाठ सहित)

  •      /२४ जेष्ठ २०७६, शुक्रबार १६:०० ,  प्रकाशीत
  • पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम सार्वजनीक गरेको छ । शुक्रबार नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रदेश प्रमुख बाबुराम कुवँरले प्रदेशको आर्थिक समृद्धिको सम्बाहको रुपमा पर्यटन, कृषि, उर्जा, उद्योग र भौतिक पुर्वाधारको विकास गर्न लगानी मैत्री वातारण बनाउने बताए ।

    नीति तथा कार्यक्रममा जनशक्ति विकास र सुशासनमा जोड्दिदै समाजबाद उन्मुख अर्थतन्त्रको आधार निमार्ण गर्न जोड् दिने बताए । दिगो विकासका चार आधार जनता, जमिन, शान्ति र समृद्धिलाई केन्द्रविन्दुमा राखी प्रदेशका योजना र बजेट तर्जुमा गर्ने उल्लेख गरेका छन् ।

    आर्थिक वर्षको नीति तथा कार्यक्रमले सहकारीलाई घरसम्मै र्पुयाउने र हरेक घरका एकजना व्यक्तिलाई सदस्य बनाउने नीति लिएको छ । सहकारीलाई वित्तीय लगानीकर्ताको रुपमा प्रबर्द्धन गर्ने र क्षमता विकास तथा अनुदानका कार्यक्रम दिइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

    एक सहकारी एक उत्पादन’ तथा सामूहिक खेती प्रणाली कार्यक्रमलाई सरकारले निरन्तरता दिने भएको छ।यसका लागि प्रदेश भित्रै रोजगारी सिर्जना गर्ने र औद्योगिक क्षेत्रको विकास गर्ने योजना छ । कृषि उत्पादनलाई दोब्बर बनाउने, कोरला देखि पोखरा र पोखरादेखि सुस्तासम्मको दु्रतमार्ग निर्माणको योजनालाई प्राथमिकता दिने कार्यक्रममा उल्लेख छ ।

    प्रदेश भित्र बहुउपयोगी सम्मेलन केन्द्र, अन्तराष्ट्रिय सम्मेलन केन्द्र, खेलमैदान निमार्ण गर्ने योजनामा उल्लेख छ । कास्की र नवलपुरमा प्रदेश औद्योगिक ग्राम निमार्ण गर्ने, सबै स्थानीय तहलाई पोखरा सगँ जोड्न सडक निमार्ण गर्ने, पोखरा भिमाद दुकिबास दुर्घ मार्ग बनाउने लक्ष्य लिएको छ ।

    पर्यटन व्यवसायलाई सुरक्षीत बनाउन मनाङ, मुस्ताङ र उत्तरी गोर्खामा पर्यटन उद्धार केन्द्र स्थापना गर्ने कार्यक्रम अगाडी सारेको छ । २ सय ३ बुँदे नीति तथा कार्यक्रममा गण्डकी प्रदेशको विकास र समृद्धिमा जोड दिएको छ । प्रदेश सरकारले यो आर्थिक बर्षलाई कानुन तर्जुमा र प्रादेशिक संरचना बर्ष र आगामी बर्षलाई प्रदेशिक संरचना निर्माण बर्षको रुपमा कार्यान्वयन गरिने उल्लेख गरेको छ ।

    प्रदेशको नीति तयार गर्दा सामाजिक न्याय, लैगिंक समानता, समानुपातिक समाबेशीकरण, समतामुलक समाजको आधार निर्माणमा केन्द्रित गर्ने जनाएको छ ।

    गण्डकी-प्रदेशको-आर्थिक-वर्ष-२०७६७७-को-नीति-तथा-कार्यक्रम

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.