• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्रेस स्वतन्त्रताको रक्षाको माग गर्दै पोखरामा मानव साङ्ग्लो प्रदर्शन

  •    शुभेच्छा न्यूज संवाददाता  /२५ जेष्ठ २०७६, शनिबार १०:१३ ,  प्रकाशीत
  •  

    पोखरा । सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी प्रावधान खारेजीको माग गर्दै पोखराका पत्रकारहरुले विरोध प्रदर्शन गरेको छन ।

    विधेयकमा गरिएका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी प्रावधानहरु खारेजीको माग गर्दै शनिवार नेपाल पत्रकार महासंघ गण्डकीको अगुवाइमा महेन्द्रपुलमा मानवसांङ्ग्लो सहित प्रदर्शन गरेका हुन् ।

    शान्तिपूर्ण आन्दोलनमा उत्रिएका देशैभरीका संचारकर्मीका मागलाई सरकारले कुनै सुनुवाई गरेको छैन । स्थानीय चिप्लेढुंगाबाट शुरु भएको मानव साङ्लो जुलुस महेन्द्रपुलमा पुगि विरोध सभामा परिणत भएको थियो ।

    बिरोधसभामा बोल्दै अग्रज पत्रकार नारायण कार्कीले देशको मूल कानूनमा पूर्ण प्रेस स्वतन्त्रता भनि उल्लेख गरिएको भएपनि विभिन्न कानूनहरु मार्फत प्रेसलाई अंकुश लगाउने प्रयत्न सरकारको तर्फबाट भइरहेको बताए ।

    पत्रकार रवीन्द्र वास्तोलाले सरकारद्वारा ल्याइएको मिडिया काउन्सिल विधेयक पत्रकारले कलम चलाएवापत दण्ड गर्ने नियत भएकाले तुरन्त फिर्ता गर्नुपर्ने माग गरे। पत्रकारको अधिकार खोस्नु भनेको लोकतान्त्रिक अधिकार खोस्नु हो, पत्रकार वास्तोलाले भने ।

    पत्रकार पुण्य पौडेलले मिडिया काउन्सिल विधेयकमा रहेका केही प्रावधानहरु प्रेस स्वतन्त्रता बिरोधी रहेकाले त्यसलाई सरकारले सच्याउनु पर्ने बताए। पत्रकार नवराज सुवेदीले प्रस्तावित मिडिया कान्सिल विधेयक अन्तर्रा्ष्ट्रिय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मूल्य मान्यता विपरीत रहेकोले तुरुन्त फिर्ता गर्न आग्रह गरे ।

    नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष त्रिभूवन पौडेलले मिडिया काउन्सिल विधेयक सरकारले फिर्ता नगरे देशभरका संचारकर्मी आन्दोलनमा उत्रन वाध्य हुने बताए । बिरोध सभामा अन्य संचारकर्मीले प्रेस स्वतन्त्रताको रक्षाका निम्ति संचारकर्मी एक जुट हुन आग्रह गरेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.