पोखरा । नेपाली काँग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले सरकारले संबैधानिक निकायलाई कमजोर बनाएर अधिनायकवाद तर्फ अगाडि बढ्न खोजेको आरोप लगाएका छन् ।
नेपाल प्रेस युनियन कास्कीद्वारा पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा डा.महतले दुई तिहाईको बलमा अधिनायकवाद तर्फ सरकार उन्मुख भएको आरोप लगाए।
उनले वर्तमान सरकार अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संथालाई नियन्त्रणमा लिएर अधिनायकवाद र संस्थागत भ्रष्टाचार गर्न अग्रसर भएको बताए। ‘अरबौ रुपैयाँ भ्रष्टाचार भएका मुद्दाहरु बाहिर आउँदा समेत अख्तियार लगायतका संस्था मौन बसेका छन’ उनले भने। ‘उनीहरुको मौनताले सरकारको हस्तक्षेप प्रष्टिएको छ।
पूर्वमन्त्री समेत रहेका महतले भ्रष्टचारमा आफ्नै पार्टीका सभापतिको संलग्न भएपनि छाडेन नहुने बताए । ‘भ्रष्टाचारमा सरकार आफै संलग्न छ, उसले छानविन समिति वनाउने त कुरै भएन, भ्रष्टाचार गर्ने मन्त्री र नेताको समेत बचाउ गर्छ’ उनले भने। ‘तर भ्रष्टाचार नियन्त्रण गर्ने निकाय पनि मौन बस्नु विडम्वना हो।’
सह–महामन्त्री महतले प्रधानमन्त्री ओलीले कुरा गर्ने काम नगर्ने प्रवृत्ति देखिएको बताउदै,आम जनताले वर्तमान सरकारबाट समृद्धिको आशा गर्नु ठुलो भुल बताए। सरकारबाट जनताले जुन आशा गरेका थिए त्यो आशा र अपेक्षा पुरा हुन् नसक्ने उनले दावी गरे ।
नेता महतले अहिले कै अवस्थामा दुई अंकको आर्थिक वृद्धि हुन नसक्ने बताए । ‘देशमा असुरक्षा, मजदुर आन्दोलन, लगानी मैत्री वातावरण समेमत छैन’ उनले भने। ‘लगानी कर्ताले नेताको व्यक्तिगत सेवा सर्त पुरा गर्नु पर्ने भएकाले विदेशी लगानीको सम्भावना छैन।’
उनले पार्टीको आन्तरिक निर्वाचन समय आएपछि हुने भन्दै अहिले नै निर्वाचनका लागि ढोल पिट्ने बेला नभएको बताए । उनले पार्टीलाई बलियो बनाउन जागरण अभियानले ठुलो भुमिका खेलेको बताए ।

Related