पोखरा । पोखरामा जीपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । बा १४ च ५८१२ नम्बरको तरकारी वोक्ने जीपले ग ८ प १९१४ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।
दुर्घटनामा काभ्रे जिल्ला घर भई हाल पोखरामा मजदुरी गर्दै आएका २० बर्षीय स्कुटर चालक कृष्ण प्रसाद चौलागाईको मुत्यु भएको ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख मुरारी मिश्रले जानकारी दिए ।
पृथ्बीचोकदेखि अम्मरसिंचोक तर्फ जादै गरेको जीपले सोही दिशातर्फ जार्दै गरेको स्कुटरलाई १२ बजेको समयमा पोखरा रंगशाला अगाडी ठक्कर दिएको हो । जीपको ठक्करबाट घाइते भएका चालक चौलागाई उपचारको लागि पोखरा हस्पिटल पु¥याईएकोमा चिकित्सकले चौलागाईलाई मृत घोषित गरेका थिए ।
दुर्घटनापछि जीप चालक नवलपरासिका ४० बर्षीय कृष्ण सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएकोछ। मृतक चौलागाईको शव पोष्टमार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ।

Related