पोखरा । जिल्ला प्रहरी कार्यालय पर्वतले कुस्मा नगरक्षेत्रबाट ठूलो परिमाणमा अबैध घरेलु मदिरा नष्ट गरेको छ । प्रहरीले कुस्मा नगरपालिकाका ३ वटा वडाबाट बरामद गरेको १ हजार ६ सय ५० लिटर घरेलु मदिरा नष्ट गरेको जनाएको छ।
कुश्मा नगरपालिका वडा नं. ४, ५ र ६ मा छापा मार्दा अबैध घरेलु मदिरा बनाउनका लागि प्रयोग गरिने मर्चा, कुहाइएको अवस्थाको तरल पदार्थ सहितको लेदो बरामद गरिएको प्रहरी निरिक्षक राजन रायमाझीले जानकारी दिए ।
बजारमा छापा मारेर घरेलु मदिरा बनाउन प्रयोग गरिने ५५ ड्रम तरल पदार्थ सहित मदिरा उत्पादन गर्न प्रयोग गरिने भाँडाहरु पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यस अघि पनि पटकपटक घरेलु मदिरा उत्पादन नगर्न अनुरोध गर्दै विभिन्न ठाउँहरुमा छापा मारेर सचेत बनाउँदा समेत उत्पादन गर्ने क्रम नरोकिएपछि कारवाही प्रक्रिया थालिएको प्रहरी निरीक्षक रायमाझीले बताए ।
बिहीबार साँझ बरामद गरिएको मदिरा जनप्रतिनिधि र पत्रकारको रोहबरमा नष्ट गरिएको छ । प्रहरीका अनुसार मदिरा तयार गर्नका लागि मर्चा हालेर राखिएका ड्रमहरुमा पुराना कपडा, कुहिएको चाउमिन लगायतका खाद्य बस्तु राखेको र तिनीहरुमा किरा पर्नुका साथै मुसा समेत मरेको भेटिएको छ।
कुश्माकै छमर्के स्थित गणेश चोकमा फडानी गरिएको गाँजाका बोटहरु पनि बिहीवार नै नष्ट गरिएको प्रहरीले जनाएको छ । प्रहरीले अबैध गाँजाका ३ सय ७० ओटा बोटहरु केही दिन अगाडि फडानी गरेको थियो । जनप्रतिनिधि र पत्रकारकै रोहबरमा गाँजाका बोटहरु जलाएको हो ।

Related