• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ सवादुई करोडको नयाँ क्वार्टरमा सरे

  •    शुभेच्छा न्यूज संवाददाता  /३१ जेष्ठ २०७६, शुक्रबार १५:४६ ,  प्रकाशीत
  • पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङ नयाँ निवासमा सरेका छन्। गुरुङले शुक्रवार धार्मीक बिधि अनुसार पूजाआजा गरी पुरानो क्वाटर छोडेर नयाँ क्वाटरमा सरेका छन् ।

    प्रदेश सरकार गठन भएपछि मन्त्री गुरुङ राष्ट्र बैंक गेस्टहाउसमा केही समयको बसाईपछि गत फागुनदेखि उनी पार्दी्स्थित पोखरा महानगरको तालको किनारमै रहेको गेस्टहाउसको १५ महिनाको बसाइपछि उनी सहिदचोकस्थित नयाँ क्वार्टरमा सरेका हुन् ।

    मन्त्रीको अहिलेको नयाँ क्वार्टर पनि जिल्ला प्रशासन कार्यालय कास्कीले प्रमुख जिल्ला अधिकारीको आवास प्रयोजनका निम्ति झन्डै सवा दुई करोडको लागतमा निर्माण गरेको थियो । प्रमुख जिल्ला अधिकारी भने मुख्यमन्त्री कार्यालय भन्दा केही तल जिल्ला कारागार कार्यालय कास्कीको अगाडि रहेको सरकारी क्वार्टरमा बस्दै आएका छन् ।

    प्रजिअको आवास प्रयोजनार्थ यो भवन निर्माणको सम्झौता भने २०७३ साल माघ २७ गते नै भएको थियो । २०७४ पुस २५ गतेसम्म सम्पन्न गर्नेगरी निर्माण जिम्मा लिएको सिएम गौचन पर्फेक्ट जेभीले तोकिएको समयभन्दा १ वर्ष ५ महिना ढिलोगरी निर्माणकार्य सम्पन्न गरेको हो ।

    तीनतले भवनलाई कम्पनीले भ्याटबाहेक २ करोड १५ लाख ४० हजार सात सय ४१ रुपैयाँमा सम्झौता गरेको र हालसम्म २ करोड नौ लाख ४२ हजार चार सय ८४ रुपैयाँ भुक्तानी लगिसकेको जिल्ला प्रशासन कार्यालय कास्कीका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिए ।

    भवनको बाहिरि परिसरमा सुरक्षागार्डको कक्षसहित बैठक कक्ष, चारवटा बेडरुमहरु छन्, भने भवन बाहिर फूलहरु समेत रोपिएको छ । यसअघि उनी बसेको महानगरपालिकाको गेस्टहाउस ६० लाख रुपैयाँ खर्चेर जीर्णोद्वार गरिएको थियो । भवन मर्मत गर्न सरकारले २५ लाख उपलब्ध गराएको थियो । बाँकी रकम तत्कालका लागि महानगरपालिकाले नै निकासा गरेको थियो ।

    भवनको बाहिरि परिसरमा सुरक्षागार्डको कक्षसहित बैठक कक्ष, चारवटा बेडरुमहरु छन्, भने भवन बाहिर फूलहरु समेत रोपिएको छ । यसबाहेक प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री साविकको जिल्ला कृषि कार्यालयकै क्वार्टरमा बस्दै आएका छन् ।

    क्षेत्रीय सिँचाइ कार्यालयको आवासमा आन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजना, भौतिक पूर्वाधार र उद्योग पर्यटन, वन तथा वातावरणमन्त्रीको आवास छ । सामाजिक विकासमन्त्री भने स्वास्थ्य तालिम केन्द्रको क्वार्टरमा बस्दै आएकी छन् ।

    प्रदेश प्रमुख बाबुराम कुँवर पनि साविकमा क्षेत्रीय प्रशासक बस्ने भवनलाई प्रयोग गर्दै आएका छन् । प्रदेश सरकारले हालसम्म कुनै पनि संरचनाहरु बनाएको छैन । प्रदेश मन्त्रालयदेखि प्रदेशसभा सचिवालय रहेका सबै यसअघि नै निर्मित जिल्लास्थित विभिन्न निकायका कार्यालयहरुहरु हुन् । तीनै कार्यालयहरुमा हाल प्रदेश सरकार सञ्चालन हुँदै आइरहेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.