पर्वतका असिना पीडितलाई जिल्ला प्रशासनद्धारा घरमै पुगेर राहत वितरण
/१ असार २०७६, आईतवार १६:०२ , प्रकाशीत
पर्वत/ वर्षासँगै आएको असिनाबाट घरमा क्षति पुगेका पर्वतको मोदी गाउँपालिकाका पिडित परिवारलाई घरमै पुगेर राहत वितरण गरिएको छ । यहि जेठ ९ गते बिहीवार आएको भिषण असिनापानीका कारण बालीनाली सँगै घरवास समेत गुमाएका परिवारलाई जिल्ला प्रशासन कार्यालय पर्वतले आइतवार र सोमवार गाउँमै पुगेर राहत वितरण गरेको हो ।
मोदी गाउँपालिका वडा नं. ७ राम्जादेउरालीका ५२ जना पिडित परिवारलाई क्षतिको विवरण अनुसार १ लाख ९८ हजार रुपैया वितरण गरिएको हो ।असिनाले घरको छाना पुर्ण रुपमा भत्किएका परिवारलाई ६ हजार, आंशिक क्षति भएकालाई ४ हजार र सामान्य क्षति भएकाहरुलाई २ हजार रुपैयाका दरले वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका खरिदार प्रभात लामिछानेले जानकारी दिए ।
उनका अनुसार १५ जनाको घरको छाना पुर्ण रुपमा क्षति भएको छ भने १७ जनाको आंशिक क्षति पुगेको तथा २० जनाको धुरीमा क्षति पुगेको पाईएको थियो ।जिल्ला प्रशासन कार्यालय पर्वतका लेखापाल यामनाथ पौडेल र खरिदार लामिछानेको टोलीले पिडित परिवारको घरघरमै पुगेर राहत वितरण गरेका हुन् ।
असिनाका कारण उक्त क्षेत्रमा लगाईएको वालीनाली समेत पुर्ण रुपमा क्षति भएको भएपनि प्रशासनले घर क्षति भएका पिडितहरुलाई मात्र राहत वितरण गरेको उनले बताए । वालीनालीको क्षति भने सम्वन्धित स्थानीय तह र कृषि ज्ञान केन्द्र पर्वतले उपलव्ध गराउने जिल्ला प्रशासन कार्यालय पर्वतले जानकारी दिएको छ ।
पर्वतमा झण्डै एक सय वर्ष पछि ठुलो असिना परेको हो । असिनाले जिल्लाका सातवटै स्थानीय तहका कृषकहरु मारमा परेका छन् । व्यावसायिक रुपमा तरकारी खेती लगाएका कृषक, फलफलु, अन्नवाली र बिऊबिजनमा समेत क्षति पुगेको कृषि ज्ञान केन्द्र पर्वतले जानकारी दिएको छ ।
तरकारी पकेट अन्तर्गत झण्डै रु ५० लाख रुपैयाका टनेलहरु नष्ट भएको ज्ञान केन्द्रले जनाएको छ ।

Related