स्याङजा/ पुतलीबजार नगरपालिका–४ स्थित नागडाँडा चोकमा अन्धाअन्धी श्रवणकुमार शालिकस्थलको शिलान्यास गरिएको छ।आँधीखोला गाउँपालिकाको प्रवेशद्वार पुतलीबजार–४, नागडाडाँमा पुतलीबजारसँगको सहकार्यमा शालिक राखिने भएको हो। श्रवणकुमारले आफ्ना दुवै आँखा नदेख्ने आमाबुबालाई बोकेर हिडेको प्रतिकात्मक शालिक राखिने छ।
गण्डकी प्रदेश सदस्य मीनप्रसाद गुरुङले शिलान्यास गर्दै गण्डकी प्रदेश पर्यटकीय हव भएको र स्याङ्जाका १ सय १० वटा पर्यटकीय गन्तब्य मध्ये अन्धाअन्धी दहलाई पहिलो प्राथमिकतामा राखेको बताए।
आँधीखोला र श्रवणकुमार स्याङ्जाको पहिचान भएको बताउँदै धार्मिक पर्यटनलाई मुक्तिनाथसम्म जोड्ने प्रतिवद्धता जनाए।सिद्धार्थ राजमार्गहुँदै लुम्बिनी र मुक्तिनाथ जाने हजारौं भारतीय पर्यटक मध्ये केहीलाई पाँच/दश प्रतिशतलाई मात्र श्रवणकुमार समाधीस्थलसम्म लान सकेमात्र पनि धेरै उपलब्धि हासिल हुने उनको भनाइ छ।
मुक्तिनाथ दर्शनका लागि दुवै बाबुआमालाई खर्पनमा बोकेर हिडेका बेला तिर्खा लागेपछि श्रवणकुमारले आफ्ना दृष्टिविहीन बाबुआमालाई चिलाउनेबासस्थित अन्धाअन्धी क्षेत्रमा राखेर वाङसिङ्को ध्याङ्साङ्दीको मुहानमा पानी लिन जाँदा दशरथको बाण लागेर मृत्यु भएको हो। सोही मुहान आँधीखोलाको उद्गमस्थल हो।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख सीता सुन्दास, पुतलीबजार नगरप्रमुख सीमा क्षेत्री, अाँधीखोला गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेल, नेकपाका प्रतिनिधि शोभाखर ढकाल, काँग्रेस आँधीखोला गाउँपालिका प्रतिनिधि थमन बोगटी, पर्यटन विकास समितिका पूर्व उपाध्यक्ष अनन्तकुमार श्रेष्ठ, लगायतले आँधीखोला गाउँपालिकासहित समग्र स्याङ्जाको विकासका लागि सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए।
नागडाँडाचोकमा झण्डै १० फिट उचाइ र दायाँबायाँ गरी ८ फिट चौडाइमा फेलने गरी श्रवणकुमारले खर्पनमा आफ्ना दृष्टिविहीन आमाबुवा बोकेर हिडेको प्रतिकात्मक शालिक निर्माण गरिने भएको हो।

Related