बझाङ – बझाङमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। उनीहरूको सनाखत भने हुन सकेको छैन। दुर्घटनामा ४ जना गम्भीर घाइते भएको र उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल बझाङ ल्याइदै छ।
से. १ ज १०७२ नम्बरको जीप सोमबार दिउँसो सवा २ बजेतिर सदरमुकाम चैनपुरको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको अवस्थामा डौठी भन्ने ठाँउमा दुर्घटना भएको थियो।
उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी लागिपरेका छन्। बझाङका डीएसपी सुर्य बहादुर केसी आफैँ घटनास्थल पुगेका छन्। घटनास्थल बझाङ सदरमुकाम भन्दा करिव १५ किलोमिटर टाढा हो।
डीएसपी केसीले भने, ‘उद्धार कार्य जारी छ। दुर्घटना अप्ठेरो ठाउँमा भएको छ। जीप भीडमा अड्किएको छ।’ उनले दुर्घटनास्थलमा जाने बाटोसमेत नभएको बताउँदै भने, ‘माथिबाट बाटो खनेर घाइतेको उद्धार गरिरहेका छौँ।’ fhile photo
बझाङ – बझाङमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। उनीहरूको सनाखत भने हुन सकेको छैन। दुर्घटनामा ४ जना गम्भीर घाइते भएको र उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल बझाङ ल्याइदै छ।
से. १ ज १०७२ नम्बरको जीप सोमबार दिउँसो सवा २ बजेतिर सदरमुकाम चैनपुरको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको अवस्थामा डौठी भन्ने ठाँउमा दुर्घटना भएको थियो।
उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी लागिपरेका छन्। बझाङका डीएसपी सुर्य बहादुर केसी आफैँ घटनास्थल पुगेका छन्। घटनास्थल बझाङ सदरमुकाम भन्दा करिव १५ किलोमिटर टाढा हो।
डीएसपी केसीले भने, ‘उद्धार कार्य जारी छ। दुर्घटना अप्ठेरो ठाउँमा भएको छ। जीप भीडमा अड्किएको छ।’ उनले दुर्घटनास्थलमा जाने बाटोसमेत नभएको बताउँदै भने, ‘माथिबाट बाटो खनेर घाइतेको उद्धार गरिरहेका छौँ।’
fhile photo
Related