प्रधानमन्त्रीले भन्दा अगाडि देउवाले बोल्न नपाएपछि संसदमा कांग्रेसले गर्यो हंगामा
तपाईको प्रतिक्रिया





काठमाडौं । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले युरोप भ्रमणका सन्दर्भमा संसदमा सम्बोधन गर्ने कार्यतालिका थियो ।तर, कांग्रेसले प्रधानमन्त्रीलेभन्दा पहिला सभापति शेरबहादुर देउवाले बोल्नुपर्ने माग अगाडि सार्यो ।
यस विषयमा सभामुखको पहलमा बारम्बार छलफल समेत भयो, तर सहमति जुटेन ।मंगलबार सभामुखले प्रधानमन्त्रीले बोल्न समय मागेको भन्दै समय दिए । कांग्रेस सांसदहरुले ढ्यापढ्याप पार्दै प्रतिपक्षको कुरा सुन्न आग्रह गरे ।
सभामुखले प्रधानमन्त्री बोलेपछि समय दिने बताए । तर प्रधानमन्त्री रोष्टममा पुग्दा नपुग्दै विपक्षी सांसदहरु हृवेल घेराउ गर्न आए । संसदीय मर्यादा कायम गर्नुपर्ने भन्दै विपक्षी सांसदहरुले नाराबाजी गरेपछि संसद स्थगित भयो । अर्को बैठक भोलि ४ बजे राखिएको छ ।
Related