पोखरा ।कास्की प्रहरीले पोखराबाट ९ जना जुवाडेलाई पक्राउ गरेको छ । पोखरा ८ सुन्दरमार्ग स्थित नवराज थपलियाले सञ्चालन गरेको किराना पसलमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।
उनीहरुको साथबाट ६ लाख ६५ हजार ३ सय ५५ नगद, तास र कौडा बरामद गरिएको कास्की प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई जुवातास मुद्धामा म्याद थप गरि अनुसन्धान अघि बढाईएको प्रहरी प्रबक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए ।
कास्कीमा नयाँ प्रहरी प्रमुखकारुपमा एसपी दानबहादुर कार्की आएपछि लागूऔषध र जुवातास बिरुद्ध प्रहरी आक्रामक देखिएकोछ। केही दिन अधि प्रहरीले लागूऔषधका कारोवारे लाई गोली प्रहार गरेर उत्तमचोकबाट नियन्त्रणमा लिएको थियो।

Related