• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराका हिमागृह र रत्नमन्दीर खुल्ला गर्न तत्कालै पहल गर्ने प्रचण्डको आशअस्वान

  •    शुभेच्छा न्यूज संवाददाता  /५ असार २०७६, बिहीबार १०:१६ ,  प्रकाशीत
  • पोखरा । नेपालक कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजपरिवारले दरवारकोरुपमा प्रयोग गर्दै आएको पोखराको रत्नमन्दिर र हिमागृहलाई सर्वसाधारणका लागि खु्ल्ला गर्न तत्काल पहल गर्ने बताएका छन्।

    पोखराका पर्यटन व्यवसायीहरुको छाता संस्था पोखरा पर्यटन परिषदको समन्वयमा बिहीबार पोखरामा आयोजित अन्तर्रक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले पोखरामा पर्यटनको नयाँ गन्तव्यको लागि रत्नमन्दिर र हिमागृह खुलाउनु पर्नेमा जोड दिए। ‘पोखरा भ्रमणका लागि आउने आन्तरिक तथा बाह्यि पर्यटकहरुको बसाइलाई लम्ब्याउन र पर्यटक प्रबद्र्धनमा सघाउन पूर्वराजपरिवारले प्रयोग गरेका दरवार खुल्ला गर्न आवस्यक छ’ उनले भने।‘यसका लागि तत्कालै पहल गर्छु, हिमागृह र रत्नमन्दिर सर्वसाधारका लागि छिट्टै खुल्ला हुन्छ।’

    उनले हिमागृह र रत्नमन्दिरलाई आम जनताको लागि खुल्ला गराउनै पर्ने बताए। ‘यसलाई खुल्ला गर्न धेरै ठूलो प्रक्रिया हुदैन। क्याविनेटमा निर्णय हुने बित्तिकै यो कार्यान्वयन गर्न सकिन्छ’ उनले भने। ‘यो कुनै अप्ठ्यारो चिज छैन्।’

    पोखराआएका पर्यटकको बसाइमा लम्याउन यसले सहयोग पु¥याउने भएकोले यस बिषयमा प्रधानमन्त्रीलाई तत्काल खुल्ला गराउन आग्रह गर्ने उनले जनाए ।

    परिषदका अध्यक्ष चिरन्जिवि पोख्रेलले पर्यटन व्यवसायीहरुको तर्फबाट फेवाताल संरक्षणमा प्रदेश र संघिय सरकारले चासो नदिएको गुनासो गर्दै रत्नमन्दिर र हिमागृह खुल्ला गर्न माग गरेका थिए ।

    पोखरामा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएसंगै यहाँका सडक संजाल र पोखराको चक्रपथमा सरकारले ध्यान दिनु पर्ने, पर्यटनलाई उद्योगको रुपमा मान्यता दिनु पर्ने लगायतका माग व्यवसायीहरुले अध्यक्ष प्रचण्ड समक्ष राखेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.