नौगाड गाउँपालिका–२ सुन्डुमुन्डुका एक व्यक्तिले अत्यधिक मदिरा सेवन गरी आफ्नैै घरमा आगो लगाएका छन् ।मदिरा सेवन गरी घर आएका ३२ वर्षीय शेरसिंह बडालले घरमा आगो लगाएपछि उनकी श्रीमतीको जलेर मृत्यु भएको छ ।
घरमा आगाे लागेपछि सामान निकाल्नभित्र छिरेकी वडालकी श्रीमती ३० वर्षीया विमला बडालको घरभित्रै जलेर मृत्यु भएको हो । शनिबार राति १२ बजे मदिरा सेवन गरी घर पुगेका बडालले घर परिवारसँग पहिला झगडा गरेको र परिवारका सदस्य घर छोडेर भाेगेकाे नौगाड गाउँपालिका–२ का वडा सदस्य जयभानसिंह ठगुन्नाले बताए ।
वडालले यसअघि पनि मदिरा सेवन गरेपछि घरमा आएर झगडा गर्ने गरेको स्थानीय बताउँछन् ।प्रहरी नायब उपरीक्षक दीपेन्द्रबहादुर शाही नेतृत्वको टोली घटनास्थल पुगेको छ । स्थानीयले रातभर लगाएर आगो निभाएका छन् ।

Related