पोखरा । पर्वतमा भएको जीप दुर्घट्नामा २ जनाको मृत्यु भएको छ। महाशिला गाउँपालिका वडा नं ५ लुंखुदेउरालीमा आइतबार साँझ भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको र चार जना यात्रु घाईते भएको जिल्ला प्रहरी कार्यलय पर्वतले जानकारी दिएको छ।
लुंखुदेउरालीबाट बालाकोट तर्फ जाँदै गरेको ग २ च ७१२८ जीप लुंखुबजार भन्दा केही तल दुर्घटना हुँदा महाशिला गाउँपालिका वडा नं ३ का ५० बर्षिय कृष्णगोपाल गुरुङ र सल्यानको कपुरकोट नगरपालिका वडा नं ४ घर भएका ३० बर्षिया बिष्णु थापा रहेको प्रहरीले जनाएकोछ।
मृतक गुरुङ्ग स्थानिय बालारानी माबिका शिक्षक हुन् भने मृतक थापा सोही बिद्यालयमा भवन निर्माणमा कार्यरत मज्दुर रहेको स्थानीयले जानकारी दिएका छन्।
दुर्घट्नामा घाइते भएका जीप चालक प्रविण गुरुङ ,महाशिला गाउँपालिका ३ का ३३ बर्षिया लक्ष्मीलाई उपचारका लागि पोखरा पठाइएको छ ।
बालाकोटका दिपक गुरुङ र २८ बर्षिय खुमबहादुर गुरुङ्गको प्राथमिक स्वास्थ्य केन्द्र लुंखुदेउरालीमा प्राथमिक उपचार हुदैँ गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।
दिनभरीको बर्षाले सडक चिप्लो भएका कारण जीप चिप्लीएर सडकदेखि सय मिटर तल खसेको थियो ।

Related