पोखरा । कास्कीको मादी गाउँपालिकामा नेपाली काँग्रेसका वडाध्यक्ष र सदस्यहरुले गाउँसभा बहिष्कार गरेका छन् । गाउँपालिकामा नेकपा समर्थित जनप्रतिनिधिले एकलौटी निती तथा कार्यक्रम आफु खुशी ल्याएपछि काँग्रेस समर्थित जनप्रतिनिधिले गाऊँसभाको सुरुकै दिन अबरुद्ध गर्दै बहिष्कार गरेका हुन् ।
गाउँपालिकाले सोमबारका लागि नीति तथा कार्यक्रम पेस गर्ने र मंगलबार बजेट ल्याउने तयारी गरेको थियो । काँग्रेसतर्फका प्रतिनिधिहरुले नीति तथा कार्यक्रममा छलफल र अध्ययन गर्ने समय माग गर्दै बैठक छोडेर बाहिरिएका हुन् । ‘नीति कार्यक्रम प्रस्तुत हुने वित्तिकै पास गर्न भने । हामीले अध्ययनको समय माग्यौं,’ वडा नम्बर ५ का सदस्य तथा सार्वजनिक लेखा समिति संयोजक सरोज केसीले भने, ‘नीति कार्यक्रम पूरै एकलौटी । हामीसँग कुनै सल्लाह गरिएको छैन । हाम्रा सुझावलाई समेटिएका छैनन् ।’
३ बजेका लागि डाकिएको बैठक ५ बजे मात्रै सुरु भएको थियो । ‘बैठक दुई घण्टा पछि सारियो । हतारमा अध्यक्ष ज्यूले नीति कार्यक्रम पढ्नुभयो । प्रस्ताव आएपछि हामीले समय माग्यौं । तर अध्यक्ष ज्यूले पास गर्न भन्नुभयो । हामी मानेनौं र बाहिर निस्कियौं,’ वडा ८ का अध्यक्ष याम गुरुङले भने । काँग्रेसले यसअघि पनि नीति कार्यक्रम र बजेट एकलौटी हिसावले ल्याउन खोजेको आरोप लगाउँदै विरोध गरिरहेको थियो ।
गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङले छलफलका लागि समय दिएपनि बैठक छोडेर गएको बताए । ‘बहसका लागि समय दिएको हो । उहाँहरु बहस गर्नुभएन । बैठकबाट एक्कासी उठेर निस्किनुभयो,’ उनले भने, ‘भोलि त बजेट ल्याउनुपर्छ । आज नीति कार्यक्रम पास गर्नै पर्यो नि । अझै पनि छलफलका लागि समय खुला छ ।’
उनले संघ र प्रदेशसभामा जस्तो अभ्यास गाउँमा गर्न खोज्दा समस्या आएको बताए । ‘प्रदेश र केन्द्रको संसदजस्तो हिसावले प्रस्तुत हुनुभयो । त्यहाँ त सत्तापक्ष र प्रतिपक्ष भन्ने हुन्छ । यहाँ त सबै सराबर हो । चुनाव जितेको सबै सत्तापक्ष हो,’ उनले भने, ‘साथीहरुले यो बुझ्नुभएन ।’
काँग्रेसतर्फका २१ सदस्यले बैठक बहिष्कार गरेका हुन् । ६४ सदस्यीय गाउँसभा रहेको मादीमा काँग्रेसका २२ र नेकपाका बाँकी सदस्य छन् ।

Related