• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

भोली बुधबार एसईईको नतिजा प्रकाशनको तयारी

  •    शुभेच्छा न्यूज संवाददाता  /१० असार २०७६, मंगलवार १५:३६ ,  प्रकाशीत
  • पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा बुधबार (भोलि) प्रकाशन गरिने भएको छ । उत्तरपुस्तिका परीक्षणपछि सबै काम सम्पन्न गरी अन्तिम रुजु गर्ने कार्य भइरहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

    ‘नतिजा प्रकाशनको तयारी अन्तिम चरण पुगेको छ । सम्भवतः बुधबार नै प्रकाशित हुनेछ । कथंकदाचित प्राविधिक पक्ष मिलाउन ढिलाइ भएमा बिहीबारसम्म नतिजा आउँछ’, कार्यालयका एक अधिकारीले भने ।

    नतिजा प्रकाशनका लागि आवश्यक तयारी अन्तिम अवस्थामा पुगेको परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले बताए । उनले भने, ‘एक दुई दिनभित्रै परीक्षाफल प्रकाशित गरिनेछ । प्रकाशनको अन्तिम तयारीमा हामी लागेका छौं ।’ कार्यालयले परीक्षाको नतिजा सम्बन्धी विवरण हेर्न सकिने व्यवस्थाको सूचना जारी गरिसकेको छ ।

    परीक्षा नियन्त्रण कार्यालयले विभिन्न वेबसाइट, एसएमएस र आइभिआरबाट परीक्षाको नतिजा थाहा पाउन सकिने जनाएको छ । २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको परीक्षामा देशभरबाट कुल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.