• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

तालमिचेर भौतिक संरचना बनाउनेलाई पोखरा महानगरद्धार स्पष्टिकरण

  •      /१० असार २०७६, मंगलवार १५:१५ ,  प्रकाशीत
  • पोखरा/पोखरा महानगरपालिकाले बेगनास ताल किनारमा मापदण्ड विपरीत नयाँ घर बनाएका स्थानीयसंग स्पष्टिकरण सोधेको छ ।महानगरले उनीहरूलाई पत्रमार्फत स्पष्टिकरण सोधेको हो । साथै ताल किनारमा घर बनाउन तत्काल रोक्न पनि महानगरपालिकाले निर्देशन दिएको छ ।

    ताल किनारमा घर बनाइसकेकालाई भने घर बनाउनुको कारण कागजातसहित विवरण पेश गर्न निर्देशन दिएको छ ।महानगरपालिकाको मापदण्डमा बेगनास र रुपाताल किनारको सिमादेखि १ सय मिटर भित्र कुनै पनि भौतिक संरचना बनाउन नपाइने उल्लेख छ । यसमा फेवातालको मापदण्ड भने केही फरक छ ।

    फेवातालको मापदण्ड ताल किनारबाट ६५ मिटर छ । अन्य साना तालको मापदण्ड ताल किनारबाट ५० मिटर रहने उल्लेख छ ।पोखरा महानगरका प्रमुख मानबहादुर जिसीका अनुसार बेगनास ताल किनारको मापदण्डभित्र पछिल्लो समयमा घर बन्नेक्रम तीब्र भएकाले त्यसलाई रोक्न पत्रचार गरिएको हो ।

    महानगरपालिकाको मापदण्ड अनुसार काम गर्न मेयर जिसीले आग्रह गरे ।बेगनास ताल किनारमा पछिल्लो समयमा तालको मापदण्डभित्र २७ घर निर्माण भएको महानगरपालिकाले जनाएको छ ।

    महानगरपालिकाका अनुसार बेगनासताल किनारको मापदण्ड भित्र व्यक्तिको लालपूर्जाको जग्गामा मात्र नभई तालको डुवानमा पर्ने जग्गाको मुआब्जा जग्गाधनीले लिइसकेका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.