• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा महानगरपालिकामा जनप्रतिनिधिहरुले रातो किताव च्याते

  •    शुभेच्छा न्यूज संवाददाता  /११ असार २०७६, बुधबार १५:२५ ,  प्रकाशीत
  • पोखरा । पोखरा महानगरपालिकाले ल्याएको बजेट प्रति असन्तुष्टि जनाउदै नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधित्व गर्ने वडा अध्यक्षसहितका जनप्रतिनिधिहरुले नगरपषिदको बैठकमै रातो (बजेट) किताव च्यातेका छन् ।

    मंगलबार महानगरपालिकाले ल्याएको बजेटमा काँग्रेसका तर्फबाट निर्वाचित जितेका ठाँउहरुमा बजेट वितरण प्रक्रियामा भेदभाब गरिएको आरोप लगाउदै काँग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिले रातो (बजेट) किताव च्यातेका हुन् ।

    उनीहरुले महानरपालिकाको पाँचौ नगर सभाको चौथो दिन बुधबारको छलफलपछि सभामा वितरण गरिएको महानगरको रातो किताव च्यातेर विरोध जनाएका हुन् ।

    काँग्रेसबाट निर्वाचित ११ वटा वडा अध्यक्ष र सदस्यहरुले सभामा किताव बितरण गरिए लगत्तै विरोध गदै रातो किताव च्यातेका थिए। उनीहरुले बजेट सच्याउनुपर्ने माग गदै महानगरको गेटमा ताला लगाउने चेतावनी दिएका छन् ।

    पोखरा ४ बाट निवाचित अध्यक्ष शंकर बास्तोलाले बजेट एकलौटी रुपमा विनियोजन गरिएको बताए । ‘बजेट प्रति हाम्रो असहमती छ,त्यो सच्याउनुपर्छ’ उनले भने।, भेदभाबपूर्ण तबरबाट आएको बजेट महानगरले सच्चाओस्।, बजेट नसच्चिदा सम्म हाम्रो विरोध जारी रहन्छ ।’

    त्यस्तै वडा नम्वर ११ का अध्यक्ष मोहन बास्तोलाले बजेटको विरोध गदै विहिबार महानगरका तालबान्दी गर्ने चेतावनी दिए । उनले भने, ‘रातो कितावमा बजेट विनियोजन गर्दा एक्लौटी र असमान रुपमा गरेको देखियो, त्यसैले बाध्य भएर किताव च्यातेका हौ, अव भोली विहान नौ बजे नै महानगरको गेटमा भेला भएर ताला लगाउछौ ।’

    वडा नम्वर ९ का अध्यक्ष रामराज लामिछानेले पनि बजेट विनियोजन प्रति असन्तुष्टि रहेको बताए । उनले एकलौटी रुपमा बजेट विनियोजन गरेर किताव प्रकाशन गरेको बताए । ‘सुनियोजित तरीकाले बजेट विनियोजन गरिएकोछ’ उनले भने। उनले आफुहरुलाई चित्त नबुझेको बताउदै भने, गहन छलफल गरेर विनियोजन गर्नुपर्नेमा असमान रुपमा बजेट ल्याएको बताए ।

    सभामा जनप्रतिनिधिहरुको बिरोधसंगै महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले बजेट पारित गरेको घोषणा गदै सभा अन्त्य भएको घोषणा गरका थिए ।मेयर जिसीले सभा अन्त्य भएको घोषणा गरेपछि काँग्रेसबाट निर्वाचित अध्यक्षहरु आक्रोशित हुदै टेबल ठोक्दै विरोध गरेका थिए ।

    पोखरा महानगरपालिकाका प्रमुख जिसीले काँग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुले उठाएका विषयलाई सम्वोधन गर्ने बताए। महानगरले बजेटमा कुनै भेदभाब नगरेको प्रमुख जिसीले बताए। ‘महानगरले कुनै भेदभाब गरेर बजेट बिनियोजन गरेको छैन’ उनले भने। ‘छलफलबाट सवैका गुनासालाई समेट्ने प्रयायस गछौं।’

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.