• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

अख्तियारको नियन्त्रणमा रहेका इन्जिनियरलाई नेकपा कार्यकर्ताले दले कालो मोसो

  •    शुभेच्छा न्यूज संवाददाता  /१२ असार २०७६, बिहीबार १५:११ ,  प्रकाशीत
  • काठमाडौं । कञ्चनपुर सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख डिभिजन इन्जिनियर अजित कुमार श्रीवास्तवलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट युवाहरुले कालो मोसो दलेका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अजित कुमार श्रीवास्तवलाई नगद दुई लाख घुस रकमसहित पक्राउ गर्ने क्रममा नेकपा निकट युवाहरुले कालोमोसो दलेको नेकपाका जिल्ला सदस्य अर्जुन साउदले स्वीकार गरे । सम्पन्न भएका हरेक योजनामा इन्जिनियर श्रीवास्तवले १५ देखि २५ प्रतिशतसम्म घुस रकम लिएको आरोप साउदले लगाए ।

    साउदले कञ्चनपुरमा यो भ्रष्टाचार विरुद्धको अभियान सुरु भएको बताए । उनले भने ‘यससँगै कञ्चनपुरमा भ्रष्टाचार विरुद्धको अभियान सुरु गरिएको छ । अझै केही कार्यालयमा अनियमितता भएको भन्ने खबर आएको छ । सबैलाई हामी होसियार भन्न चाहन्छु ।’

    बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले श्रीवास्तवसँगै इञ्जिनीयर ग्रिष्मा ठगुन्नालाई घुस रकमसहित कार्यालयबाटै पक्राउ गरेको थियो । श्रीवास्तवले भीमदत्त नगरपालिकामा पर्ने चौधर नदीको तटबन्ध निर्माणको भुक्तानी दिने क्रममा दुई लाख कमिसन माग गरेका थिए ।

    अख्तियारका अनुसार घुस लिएको रकम कार्यालय प्रमुख श्रीवास्तवले भान्सा कोठाको चामलको बोराभित्र लुकाएर राखेका थिए ।
    DC Nepal

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.