पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २० ले वडा भित्र रहेका अति विपन्न कृषकहरुलाई सहयोग सामग्री वितरण गरिएको छ ।
वडाभित्र रहेका १ सय ३४ किसानलाई कृषि सामग्री वितरण गरिएको हो । वडा स्तरीय बजेट १० लाख मध्ये पशुपालक किसानलाई ५ लाख र खेतीपाती गर्ने किसानलाई ५ लाखको सामग्री वितरण गरिएको हो । जसमध्ये कृषि तर्फ ७७ र पशुपालनतर्फ ५७ जना कृषकलाई आधुनिक कृषि सामग्री प्रदान गरिएको छ ।
किसानलाई आधुनिक शैलीबाट खेतीपाती गर्नका लागि हाते ट्रयाक्टर, टनेल प्लाष्टिक, असिना जाली, फलामे हलो जस्ता सामग्री वितरण गरिएको वडा अध्यक्ष सिम गुरुङले जानकारी दिए । सामग्रीसंगै किसानहरुलाई प्राङगारिक तथा गड्यौला मल बनाउने तालिम र वेमौसमी तरकारी खेती सम्बन्धि तालिम प्रदान गरिएको छ ।
आधुनिक कृषि सामग्री प्रदान गर्दै पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले आधुनिक कृषितर्फ उन्मुख महानगर बनाइ महानगर भित्र उत्पादन भएका कृषि सामग्रीको उपयोगलाई महानगरले पहिलो प्राथमिकतामा राखेको बताए । पोखराका सम्पूर्ण वडाहरु कृषिजन्य बस्तुको उत्पादन हुने वडा भएकाले यहांका वडालाई कृषिमा आत्मनिर्भर बनाउने आफ्नो लक्ष्य रहेको जिसीले वताए ।
वडाले ७ थान हाते ट्याक्टर जसमा देउराली अर्गानिक सहकारी र पिपलडाली सहकारीलाई १÷१ थान, महेन्द्र उच्च मावि वाली विज्ञान अध्ययनका लागी १ थान, र मौजा र भलाममा गरी ४ थान प्रदान गरिएको छ । जसले टोलछिमेक वरपर ट्रयाक्टर जाने ठाउ हेरी अन्य ब्याक्तिको समेत जग्गामा उपयोग गर्ने गरी वितरण गरेको वडा अध्यक्ष गुरुङले जानकारी दिए ।
वडाले २५ जना कृषकलाई प्लाष्टिक टनेल, २५ जनालाई असिना जाली र २० जनालाई फलामे हलो प्रदान गरेको छ । पशुपालन तर्फ ४३ विपन्न वर्गका किसानलाई कुखुराको चल्ला वितरण गरिएको छ भने १ वटा फर्मलाई कुखुरा फर्म सुदृढीकरण, २ किसानलाई उन्नतजातको बोका खरिदका लागि अनुदान प्रदान गरिएको छ ।
तीनवटा पशुपालक किसानलाई चाप कटर घांस काट्ने मेसिन, ३ वटा कृषकलाई गोठ सुधारका लागि अनुदान, २ वटा कृषकलाई खोर सुधार, प्रजनन योग्य उन्नत जातको रागो खरिदका लागी २ जना कृषकलाई अनुदान प्रदान गरिएको छभने डिपिङ ट्याङ्क खरिदका लागी समेत रकम छुट्याइएको छ ।

Related