• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पर्यटक आकर्षित गर्न जुवा र क्यासिनो सञ्चालन गर्न मुख्ममन्त्री गुरुङको माग

  •    शुभेच्छा न्यूज संवाददाता  /१६ असार २०७६, सोमबार १५:५१ ,  प्रकाशीत
  • पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पर्यटक आकर्षित गर्न क्यासिनो सञ्चालन गर्नुपर्ने बताए । मकाउसहितका देशमा क्यासिनो र जुवाकै कारण वर्षेनी लाखौं पर्यटक जाने गरेको र उनीहरुको आम्दानीको मूख्य श्रोत नै जुवा र क्यासिनो भएको बताउँदै उनले गण्डकी प्रदेशमा पनि प्रक्रिया पु¥याएर क्यासिनो सञ्चालन गर्न दिनुपर्ने बताए ।

    उनले क्यासिनोका कारण घरबार बिग्रेको, परिवार विखण्डन भएको धेरै सुनिएको बताउँदै अब त्यसलाई ब्यबस्थित गरेर सञ्चालन गर्न सके त्यो आम्दानीको गतिलो माध्यम बन्ने बताए । यद्वपी उनले नेपालीलाई निशेध गरेर विदेशीलाई मात्रै क्यासिनो खेल्न दिनुपर्ने नियम बनाउनुपर्नेमा जोड दिए । क्यासिनो खेल्ने पर्यटकले पैसापनि धेरै खर्च गर्छ,‘उनले भने,‘क्यासिनोले सरकारलाई करपनि बढी तिर्छ, पर्यटकपनि धेरै आउँछन्, जति धेरै बस्यो उति धेरै पैसा तिर्छन्, जति धेरै सुत्यो उति धेरै पैसा पायो, तर यो नेपालीका लागि होइन, विदेशीलाई हो ।’

    आन्तरिक पर्यटन वर्ष २०१९ मूल आयोजक समिति घोषणा सभामा बोल्दै मुख्यमन्त्री गुरुङले पर्यटनको हब पोखरा नै भएको बताए । पोखरा पर्यटकीय हिसाबले राजधानी नै हो,‘उनले भने,‘टुरिजमको हब भनौं कि इपी सेन्टर, त्यो पोखरा नै हो ।’ उनले उनले पोखरामा आउने पर्यटकको बसाई लम्ब्याउन जरुरी रहेको बताए । पोखरामा आउने पर्यटकको बसाई लम्ब्याउन सकिएको छैन,‘उनले भने,‘पर्यटकको बसाई लम्ब्याउन पर्यटकीय प्रोडक्ट थप्नुपर्छ, प्रदेश सरकार त्यसैको तयारीमा छ ।’

    मुख्यमन्त्री गुरुङले ग्रामिण पर्यटन र होमस्टेलाई जोड दिदा सहरी पर्यटन व्यवसायीहरु तर्सिन नहुने बताए । प्रदेश सरकार सहर छाडेर गाउँमात्रै केन्द्रत छैन,‘उनले भने,‘ग्रामिण पर्यटनलाई बलियो बनाउँदा सहरी पर्यटन व्यवसायी रिसाउनु हुँदैन, गाउँमा पर्यटक जाँदा सहरमा पर्यटक कम हुँदैन ।’ गण्डकी प्रदेशलाई पर्यटनकै माध्यमबाट समृद्धीमा लैजाने बताउँदै उनले सहरी क्षेत्रमा मात्रै सिमित हुन नहुने बताए ।

    मुख्यमन्त्री गुरुङले पर्यटन क्षेत्रमापनि माफिया रहेको बताए । उनले फेक रेस्क्यू त्यसैको उदाहरण रहेको उल्लेख गरे । पर्यटनमा रहेको माफियाका कारण अन्र्तराष्ट्रिय जगतमा राम्रो सन्देश नगएको भन्दै यसको अन्त्य गर्न जरुरी रहेको औंल्याए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.