पर्वत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालय पोखराले कुश्मा नगरपालिकाको वडा नं ७ मा भएको आर्थिक अनियमितताको अनुसन्धान थालेको छ ।
वडा अध्यक्ष सुवास चन्द्र पौडेलले वडा सदस्य परशुराम पुरीले खर्च गरिएको भनीएको १० लाख रुपैयाँको विल भरपाई बिनानै आफुखुशी खर्च गरेको भनी सञ्चार माध्यममा सार्वजनिक गरेपछि आयोगले छानविन थालेको हो ।पौडेलले वडा कार्यलयको बैठकको निर्णय विपरित आँफुखुशी रकम खर्चेको आरोप लागेको छ।
अध्यक्ष सुवासचन्द्र पौडेलले वडा कार्यालय सञ्चालनका लागि आएको बजेट १० लाख नभई आठलाख मात्र भएको बताए। उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरेको भएपनि वडा सदस्यहरुबाट बाहिर ब्याक्त गरिएका जस्तो यथार्थ नभएको बताए।
कुश्मा नगरपालिकाका कार्यकारी प्रशासकीय अधिकृत हरि पंगेनीले कुश्मा नगरपालिकाको वडा नं ७ मा प्रकाशित समाचारपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालय पोखराले अनुसन्धान थालेको बताए। उनले अख्तियाराले सम्पूर्ण कागजातहरु छानविन गरिरहेको अवस्थामा त्यसवारे बोल्न नमिल्ने बताए ।
स्थानीय तह सञ्चालनमा आएसंगै स्थानीय निकायमा बढ्न थालेका अनियमिततामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेपछि स्थानीयको चासो बढेको छ ।
sorce nabadristi

Related