पोखरा । स्कुटर दुर्घटनामा परी स्याङ्जाका पोषिन्दर क्षेत्रीको मृत्यु भएको छ। स्याङ्जाको भिरकोट नगरपालिकाको सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने बयरघारी सडकखण्डमा सोमबार साँझ स्कुटर दुर्घटनामा घाइते भएका दुई मध्ये क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।
ग १६ प ९१२४ नम्बरको स्कुटरमा वालिङबाट राङ्गखोला तर्फ आइरहेको स्कूटर दुर्घट्नामा चालक राजेश क्षेत्री र पछाडी बसेका पोषिन्दर क्षेत्री घाइते भएका थिए। उनीहरुलाई हेलुस्थित कालिका सामुदायिक अस्पतालमा प्राथमिक उपचार पछि पोखरा पठाइएको थियो ।
दुर्घट्नामा गम्भिर घाइते भएका पोषिन्दरलाई उपचारको लागि पोखरा स्थित गण्डकी मेडिकल कलेज पु¥याइएकोमा चिकित्सकहरुले मृत घोषित गरेका थिए। मृतक पोषिन्दर भारतीय सेनामा कार्यरत रहेको बुझिएको छ । उनीहरु वालिङ स्थित एसबिआइ बैंकमा गएर एटिएमबाट पैसा झिकेर फर्कदै गर्दा दुर्घट्नामा परेका थिए ।

Related