• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कांग्रेस र नेकपा डबल नामको पार्टी थोत्रा भइसके ; अध्यक्ष डाक्टर भट्टराई

  •    शुभेच्छा न्यूज संवाददाता  /१७ असार २०७६, मंगलवार १४:५५ ,  प्रकाशीत
  • पोखरा । पुर्व प्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष डाक्टर बावुराम भट्टराईले नेपाली कांग्रेस र नेकपा डबल नामको पार्टी थोत्रा भएकाले उनीहरुबाट बिकास र समृद्धी सम्भव नभएको बताएका छन्।

    तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालको गण्डकी प्रदेश समितिद्धारा मंगलबार पोखरामा आयोजना गरेको समायोजन घोषणा सभा कार्यक्रममा बोल्दैे भट्टराईले काँग्रेस र नेकपा थोत्रा भइसकेको बताउदै अब, नेपालको राजनीतिमा समाजवादी पार्टी बैकल्पिक शक्तिको रुपमा उदाउने दाबी गरे। ‘काँग्रेस र नेकपा डबल थोत्रा भई सकेकाले देशले अग्रगमन हाँसिल गर्न सक्दैन’ उनले भने। ‘अब, मुलुको बिकास सैगै समृद्धी समाजवादी पार्टीले मात्र गर्ने छ।’

    आफुहरुको पार्टी एकताबद्ध मात्र नभई रुपान्तरण सहितको एकता भएको उनले दाबी गरे । ‘यो देशका नयाँ समस्या, नयाँ विधिर प्रक्रियाबाट गर्नु पर्छ भनेर हामीले समाजवादी पार्टी गठन गरेका हौं’ उनले भने। ‘पार्टी देशमा सुशासन काय गर्ने गरि अगाडी बढ्ने छ।’

    लोकतन्त्र, प्रगति, अग्रगमन, समाजवाद, संघीयता, समावेशिता, धर्मनिरपेक्षता लगायतका मान्यतामा प्रतिबद्ध सम्पूर्ण जनतालाई सङ्गठित गरेर देशलाई आगामी ५० वर्षमा नेतृत्व गरिे विश्व शामु चिनाउने गरी संघीय समाजवादी अगाडी बढेको उनले दाबी गरे। ‘त्यसलाई अघि बढाउँनका लागि हाम्रो एकताको प्रस्थान बिन्दु मात्र हो,’ उनले भने, ‘यो सुरुआत मात्र हो, अन्त्य होइन् । आगामी दिनमा विचार मिल्ने शक्तिसँग पनि हाम्रो एकिकरण हुँदै जान्छ ।’

    कांग्रेस र नेकपाभित्र पिल्सिएर रहेका उत्पीडित समुदाय र वर्गलाई समेत समावेश गरी देशको प्रमुख शक्तिको रुपमा स्थापित गर्ने आफूँहरुको लक्ष रहेको उनले बताए। पुराना शक्तिहरुले नयाँ शक्तिलाई कहिले नरुचाएको उनले आरोप लगाए। ‘पुराना शक्तिले नयाँ शक्तिलाई कहिले पनि रुचाउँदैनन,’ उनले भने, ‘त्यसकारण विकास जहिले पनि पुराना गतिविधि विरुद्ध संघर्ष गरेर, विस्थापित गरेर मात्रै हुन्छ ।’

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.