• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नेकपा प्रवेश गर्दै ‘दीपक मनाङे’

  •    शुभेच्छा न्यूज संवाददाता  /१८ असार २०७६, बुधबार ११:०४ ,  प्रकाशीत
  • दीपक मनाङेका नामले चर्चित गण्डकी प्रदेशका एक मात्र स्वतन्त्र सांसद राजीव गुरुङ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गर्ने भएका छन् । सांसद गुरुङले नै आफू नेकपामा प्रवेश गर्न लागेको बताएका हुन् । ‘नेकपासँग विचार मिलेकोले म प्रवेश गर्न लागेको हुँ,’ उनले भने ।

    मनाङेलाई गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेकपाका गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले बिहीबार पार्टी प्रवेश गराउने कार्यक्रम छ ।

    मनाङ ‘ख’ बाट स्वतन्त्र उम्मेदवार मनाङेलाई प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन नेकपा एमालेले साथ दिएको थियो । मनाङे साविकको नेकपा एमालेबाट उम्मेदवार बन्न खोजेका थिए । त्यतिबेला चर्को विरोध भएपछि मनाङेले स्वतन्त्र उम्मेदवार बने ।

    एमालेले खण्ड लामा गुरुङलाई उनीविरुद्ध उम्मेदवार बनाए पनि पछि खण्डलाई उम्मेदवारी फिर्ता गर्न लगाएर मनाङेलाई समर्थन गरेको थियो ।

    निर्वाचित भएपछि पनि उनले लामो समय शपथ लिन पाएनन् । ज्यान मार्ने उद्योगको आरोपमा पक्राउ परी थुनामा रहेका उनी थुनामुक्त भएपछि १४ माघ २०७५ मा शपथग्रहण गरी गण्डकी प्रदेशसभा प्रवेश गरेका थिए । सांसद गुरुङ त्यतिबेला २७ हजार ३ सय ७५ रूपैयाँ धरौटी बुझाएर थुनामुक्त भएका थिए ।

    मनाङे नेकपा प्रवेशसँगै गण्डकी प्रदेशसभामा नेकपाको दुई तिहाइ बहुमत पुग्नेछ । हाल प्रदेशसभामा नेकपाका ३९, कांग्रेस १५, राष्ट्रिय जनमोर्चा २ (एकजनाको निधन भएको), समाजवादी पार्टी (नयाँ शक्ति) २ र स्वतन्त्र सांसद १ जना छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.