पोखरामा मोटरसाइकल पोलमा ठोक्किँदा भण्डारीको मृत्यु
/१८ असार २०७६, बुधबार ११:५१ , प्रकाशीत
पोखरा । पोखराको चाउथेमा विजुलीको पोलमा मोटरसाइकल ठोकिएर एक जनाको मृत्यु भएको छ । बेलचौताराबाट पोखरा आउँदै गर्दा मंगलबार मध्यराती विजुलीको पोलमा ठोकिँदा चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा चाउथेका २४ बर्षिय राजेश भण्डारी रहेको कास्की प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए । ग १४ प ६५६५ नम्बरको मोटरसाइकल पोलमा मध्यराती १२ बजेर ५ मिनेट जाँदा ठोकिएको केसीले बताए ।
दुर्घटनामा गम्भीर चोट लागेपछि उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको हो। उनको टाउकोमा चोट लागेको थियो ।

Related