मनाङ ‘ख’ बाट स्वतन्त्र उम्मेद्वारका रुपमा विजयी गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) आज सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपाका गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले आज एक कार्यक्रमबीच उनलाई पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेशपछि उनले आफू राजनीति परीक्षा दिए जस्तो सजिलो नभएको बताएका छन् । उनले आफू समाजको सेवा गर्नका लागि राजनीतिमा आएको बताए ।
कुनै लोभले भन्दा पनि नेकपाले देशको लागि केही राम्रो गर्छ भनेर नेकपामा प्रवेश गरेको उनले बताएका छन् । अबको ५ वर्षसम्म राजनीतिलाई केन्द्रमा राखेर समाजसेवाको बाटोमा अघि बढ्ने उनले सुनाए ।
कमल थापा नेतृत्वको राप्रपा हुँदै अहिले सत्तारुढ नेकपामा आइपुगेका मनाङ पार्टी प्रवेश लगतै कांग्रेस पार्टीप्रति टिप्पणी गरेका छन् । उनले नेपाली कांग्रेस स्पष्ट विचारधारा नै नभएको पार्टी भएको आरोप लगाए ।
आफू नेकपामा प्रवेश गरि सकेपछि सकभर आफ्ना कांग्रेस साथीहरुलाई पनि नेकपामा ल्याउने उनले बताए । अपराधिक गतिविधिमा संलग्न समूहको नाइकेको रुपमा चिनिने गुरुङ चुनावमा विजयी भई सकेपछि ज्यान मार्ने उद्योगसम्बन्धी पुरानै मुद्दाको क्रममा पक्राउ परेका थिए । साढे आठ महिना उनी कारागार बसे ।
अदालतको आदेशमा पुस ६ गते थुनामुक्त भएका उनले १२ पुसमा सपथ लिन पाउँ भनि गण्डकी प्रदेश सभामा निवेदन दिएका थिए ।

Related