• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकीका सबै सांसदले स्वकीय सचिव राख्न पाउने

  •    शुभेच्छा न्यूज संवाददाता  /२० असार २०७६, शुक्रबार १५:३० ,  प्रकाशीत
  • पोखरा । गण्डकी प्रदेशका सबै सांसदहरुले आगामी आर्थिक बर्षको सुरु देखि नै स्वकीय सचिव राख्न पाउने भएका छन्। सरकारले आगामी आर्थिक बर्ष २०७६। ०७७को बजेटमा नै सांसदका स्वकीय सचिवलाई तलव सुविधाको ब्यवस्था गरिदिएपछि स्वकीय सचिव रान्ने ढोका खुलेको छ ।

    ‘सांसदहरुले नायवसुब्बा स्तरका ब्यक्तिलाई स्वकीय सचिवमा नियुक्त गर्न पाउने छन्। बजेटमा त्यसको ब्यवस्था भैसकेको छ,’ सरकारका प्रबक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले भने, ‘अव मन्त्रीपरिषद् बैठक बसेर निर्णय गर्छ । सुविधासम्बन्धी ऐन संशोधन गर्छ । त्यसपछि सचिव राख्ने बाटो खुल्छ ।’

    सरकारले प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक तथा सेवा सुविधाको लागि छुट्टै ऐन बनाएको छ । उनीहरुको सुविधा थप गर्दा ऐन संशोधन गर्नुपर्छ । आगामी मन्त्रीपरिषद् बैठकबाट ऐन संशोधन गरिने बस्नेतले जानकारी दिए ।

    बस्नेतका अनुसार पहिले नै सचिवको सुविधा लिएका सांसदहरुलाई भने यो नियम लागू हुने छैन्। सभामुख, उपसभामुख, विपक्षी दलका नेताले स्वकीय सचिवको सुविधा पाईसकेका छन् ।

    प्रमुख सचेतक र संसदीय समितिका सभापतिहरुलाईस्वकीय सचिव राख्ने सुविधा दिईएको थिएन। उनीहरुले सांसदले पाउने भन्दा एक तह माथीको स्वकीय सचिव दिनुपर्ने माग राखेका छन् । तर, सरकारले भने त्यसलाई सम्बोधन गर्न कठिन हुने जनाएको छ ।

    सभापति र सचेतकलाई पनि सांसदकै सुविधाअनुसार नासु स्तरको स्वकीय सचिवको सुविधा दिन लागिएको हो । गण्डकी प्रदेशका ६० सांसदमध्ये ४९ जनाले यो सुविधा पाउने छन्। अन्यले यसअघि नै यस प्रकारको सुविधा लिईसकेका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.