• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरेली पर्यटन व्यवसायी भारतीय पर्यटक बोलाउन हैदरावाद र बैङ्लोरमा

  •    शुभेच्छा न्यूज संवाददाता  /२० असार २०७६, शुक्रबार ०९:१२ ,  प्रकाशीत
  • पोखरा । गर्मी छल्न पोखरा जाऊँ’ भन्ने सन्देश भारतीय पाहुनालाई दिन पोखरेली पर्यटन व्यवसायी भारतको हैदरावाद र बैङ्लोर प्रस्थान गरेका छन् । पोखराको पर्यटन उद्योगको पुरानो संस्था नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को टोली ‘प्रमोशनल टुर तथा सेल्स मिसन २०१९’ का लागि बिहीबार त्यसतर्फ प्रस्थान गरेको हो ।

    नाट्टाको टोलीलाई गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बिदाइ गरे । गण्डकी प्रदेशको आर्थिक विकासको आधारस्तम्भ नै पर्यटन भएकाले यसलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको गुरुङको भनाइ थियो ।

    उनले पर्यटन विकास र प्रवद्र्धनका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताउँदै आर्थिक वर्ष २०७६/७७ को बजेटमा पर्यटनलाई प्राथमिकता दिएको उल्लेख गरे ।

    नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रबन्धक सूर्य थपलियाले भारतको बैङ्लोर र हैदरावाद नेपाली पर्यटन बजारका लागि उपयुक्त गन्तव्य रहेको बताए । ४२ करोड जनसङ्ख्या रहेको उक्त स्थानमा गर्मी छल्न पोखरा जाऊ भन्ने सन्देश पुर्‍याउन सके पोखराको पर्यटनले गति लिने विश्वास व्यक्त गरे ।

    सन् १९६६ मा पर्यटन प्रवद्र्धनात्मकको परिकल्पनाको साथ स्थापित नाट्टाले पर्यटन प्रवद्र्धनका साथ देश–विदेशमा सन् २००८ देखि औपचारिक रुपमा प्रर्वद्धनात्मक भ्रमण गर्दै आएको छ ।

    उक्त कार्यक्रममा भारतका दुई प्रमुख शहरमा २४० ट्राभल्स एजेन्टलाई निमन्त्रणा गरिएको उनको भनाइ छ । टोलीमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रबन्धकसहित १६ जना सहभागिता छन् ।

    नेपाल पर्यटन बोर्डको सहकार्यमा भएको उक्त प्रवद्र्धनात्मक भ्रमण यही असार २५ गतेसम्म हुने छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.