पर्वतका पुर्वसभासद गुणाखर बस्याल सहित समाजबादीका नेताहरु नेकपामा
/२० असार २०७६, शुक्रबार १५:५२ , प्रकाशीत
पर्वत / सङ्घीय समाजवादी फोरम नेपालसँग एकीकरण गरेका तत्कालीन नयाँ शक्ति पार्टीका ५० जनाभन्दा बढी केन्द्रिय नेता सहित कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन ।
उपेन्द्र यादवको फोरम नेपालसँग एकीकरण गरेपछि असन्तुष्ट जनाउँदै आएका नेता कार्यकर्ताहरु नेकपामा प्रबेश गरेका हुन । प्रबेश गर्नेमा पर्वतबाट निर्वाचित पहिलो संबिधानसभाका सदस्य गुणाखर बस्याल सहितका नेता कार्यकर्ताहरु रहेका छन ।
नेकपा प्रबेश गर्नेहरुमा पुर्वमन्त्री एवं तत्कालीन नयाँ शक्ति नेपालका सचिवालय सदस्य कल्पना धमला, अर्का सचिवालय सदस्य देवेन्द्र पराजुली, समाजबादी पार्टीका गण्डकी प्रदेशका उपाध्यक्ष तथा पुर्ब सभासद गुणाखर बस्याल लगायत ५० भन्दा बढी प्रभावशाली नेता कार्यकर्ताहरु रहेका छन ।
उनीहरु बाबुराम भट्टराई नेतृत्वको पार्टीबाट मुलुक अघि बढन नसक्ने र समृद्धिका लागि सत्तारुढ नेकपा नै एकमात्र बिकल्प रहेको भन्दै प्रवेश गरेको बताएका छन । धमला डा बाबुराम भट्टराईको नेतृत्वमा बनेको सरकारमा विज्ञान तथा प्रविधि मन्त्री थिइन ।
२०६४ सालको पहिलो संबिधानसभा निर्वाचनमा पर्वतको क्षेत्र नं २ बाट निर्वाचित गुणाखर बस्याल संबिधानसभा सदस्यमै रहेका बेला पार्टीले अनुशासनको काबार्ही गरेपछि जिल्लाको राजनितीमा कृयाशिल थिएनन ।
पछिल्लो समय नयाँशक्ति पार्टीमा क्रियाशिल भएका बस्याल ‘जनयुद्ध’ मा पर्वतमा साँगठानिक तथा राजनैतिक नेतृत्व गरेका कारण समुदायमा स्थापित थिए । उनी अनुशासनको काबार्हीमा परेपछि तत्कालिन नेकपा माओबादी पर्वतले लामो समय नेतृत्व संकट भोगेको थियो ।

Related