पोखरा । पोखरा चेम्बर अफ कमर्स कास्कीका पदाधिकारी र मित्रराष्ट्र चीनको नानजिङका उद्योगी व्यवसायीको प्रतिनिधि मण्डलबीच पोखरामा भेटवार्ता भएको छ।
चिनिया ब्यवसायी समुहका यामको नेतृत्वमा पोखरा आएको १८ सदस्यीय प्रतिनिधि मण्डलसंग दुई देश बीच व्यवसायिक आदानप्रदान र नागरिक स्तरबाट भाषा सस्कृति आदान–प्रदान बारे महत्वपूर्ण छलफल भएको पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनारले जानकारी दिए ।
भेटवार्ताका क्रममा पोखराको पर्यटन क्षेत्र, कृषि र ऊर्जामा लगानी गर्न सो प्रतिनिधि मण्डललाई आग्रह गरेको उनले बताए। प्रतिनिधि मण्डलले आफुहरु नेपालमा लगानी गर्न इच्छुक भएको बताउदै सरकारका तर्फबाट व्यवसायिक सुरक्षा, नीतिगत, स्पष्टता भएको अवस्थामा चेम्बरको सहकार्यमा यस क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताए।
व्यवसायिक प्रतिनिधि मण्डल बीच भेटवार्ता बैठकमा नेपाल चाइनाका संघ महासचिव विवेक पौडेल, पोखरा चेम्बर अफ कमर्स कास्कीका उद्योग तर्फका उपाध्यक्ष गीता तिवारी, वस्तुगततर्फका उपाध्यक्ष यमनाथ पौडल, वाणिज्यतर्फका उपाध्यक्ष प्रेमबहादुर भुजेल, महासचिव उमराज बास्तोला लगायत कार्यसमितिका सदस्यहरुको सहभागिता रहेको थियो ।

Related