पछिल्ला केही दिनयता पूर्वी नेपालमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र सरकारबीचको द्धन्द्धले त्रास फैलिएको छ । मंगलबार राती मात्रै पनि भोजपुरमा प्रहरी र नेकपाका कार्यकर्ताबीच गोली हानाहान भएको छ । गोली हानाहान हुँदा २ जनाको मृत्यु भएको छ । १ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा घुमुवाका रूपमा सक्रिय प्रहरी जवान सञ्जीव राई र विप्लव समूहका कार्यकर्ता नीरकुमार राई रहेका भोजपुरका प्रमुख जिल्ला अघिकारी नुरहरि खतिवडाले जानकारी दिए ।
उनले भने, ‘भोजपुर बजारनजिकै हटियामा प्रहरीमाथि विप्लवका कार्यकर्ताले गोली प्रहार गर्दा प्रहरीतर्फ एक जवानको मृत्यु भएको छ, मुसलधारे पानी परेकाले घटनास्थलमा जान सक्ने अवस्था छैन ।’
अहिले दुवैजनाको शव भोजपुर जिल्ला अस्पतालमा राखिएको छ ।

Related