कास्की । पर्वतको फलेवास नगरपालिका १ कार्कीनेटामा पदमार्ग निर्माण भएको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालको पहलमा चालु आर्थिक वर्षमा १० लाख ५०हजारको लागतमा पदमार्ग निर्माण गरिएको हो ।
फलेवास नगरपालिकाको कार्किनेटा बजारदेखि कुश्मा नगरपालिका १३ खौलालाकुरीको सिमानामा पर्ने धार्मिक एवं पर्यटकीय क्षेत्र जुम्लिथानको डाँडासम्म पुग्ने पदमार्ग निर्माण गरिएको हो।
पदमार्ग निर्माण गर्नको लागि गण्डकी प्रदेश उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयको साढेदश लाख र स्थानीयको श्रमदानमा ५ सय मिटर पदमार्ग निर्माण गरिएको हो ।
जुम्लिथानमा आउने धार्मिक एवं आन्तरिक तथा बाह्य पर्यटकहरुलाई हिडडुल गर्न सहज होस भन्ने उद्धेश्यले पदमार्ग निर्माण गरिएको कार्किनेटा पर्यटन पूर्वाधार विकास समितिका सचिव सरोज पौडेलले जानकारी दिए।
उनका अनुसार भुपी राजमार्गको निर्माण हुन भन्दा पहिले धौलागिरिकै मुख्य नाकाकारुपमा रहेको कार्कीनेटामा सिरुवारी र डहरेदउरालीमा पछिल्ला समय आन्तरिक तथा बाह्यि पर्यटक बृद्धी भएसंगै यस क्षेत्रमा पर्यटन पूर्वाधार निर्माण थालिएको हो।
बढ्दो पर्यटकको आवागमनलाई मध्यनजर गर्दै जुम्लिथान सम्मको पदमार्ग निर्माण गरिएको पौडेलले बताए। उनका अनुसार कार्किनेटा बजारसम्म सवारीसाधन मार्फत आउने पर्यटकहरुका लागि जुम्लिथान सम्म पुग्न सहज हुने भएको छ ।

Related