• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

धार्मिक पर्यटन समृद्धिको प्रमुख आधार ; पर्यटनमन्त्री लम्साल

  •    शुभेच्छा न्यूज संवाददाता  /२६ असार २०७६, बिहीबार १२:०१ ,  प्रकाशीत
  • पोखरा। गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले धार्मिक पर्यटन समृद्धिको प्रमुख आधार रहेको बताएका छन्।

    तनहुँको व्यास नगरपालिका–४ स्थित तनहुँ कालिका सहिद शान्तिपार्क भित्र निर्माणाधीन कालिका मन्दिरमा मूर्ति प्रतिस्थापन गर्न आज आयोजित कार्यक्रममा बोल्दै मन्त्री लम्सालले सो कुरा बताएका हुन्। उनले धार्मिक पर्यटन महत्वपूर्ण रहेको चर्चा गर्दै मठमन्दिर संरक्षणका लागि प्रदेश सरकार लागिपरेको बताए।

    सहिद शान्ति पार्कलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न मन्दिर निर्माणले महत्वपूर्ण योगदान गरेको बताउँदै मन्त्री लम्सालले मन्दिरको निर्माण कार्यमा प्रदेश सरकारको तर्फबाट सहयोग रहने प्रतिबद्धता जनाए।

    विकास निर्माणमा सर्वसाधारणको सहकार्य अत्यन्तै सकारात्मक रहेको उल्लेख गर्दै मन्त्री लम्सालले विकास प्रति सर्वसाधारणको लगावले सरकारलाई काम गर्न प्रेरणा दिने चर्चा गरे।

    मन्त्री लम्सालले काठमाडौबाट पोखरा आउने पर्यटकलाई दमौलीमा झारेर मन्दिरसम्म आउने वातावरण सिर्जना गर्नुपर्ने बताए। गण्डकी प्रदेश सांसद डोवाटे विश्वकर्माले पर्यटनबाटै समृद्धि सम्भव रहेकोले तनहुँ कालिका मन्दिरले उक्त लक्ष्य पूरा गर्न सहयोग पु¥याउने बताइन्।

    गण्डकी प्रदेश सांसद सरिता गुरुङले धर्म संस्कृति संरक्षण गर्नु अहिलेको आवश्यकता रहेको बताउँदै धर्मलाई पर्यटनसँग जोडेर अगाडि बढाउनुपर्नेमा जोड दिइन।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.