सिद्धबाबा पहिरोमा परेका मोटरसाइकल चालक मृत भेटिए , राजमार्ग अवरुद्ध
/२८ असार २०७६, शनिबार १६:०२ , प्रकाशीत
सिद्धार्थ राजमार्गअन्तर्गत हेडबक्स नजिकै गएको पहिरोमा परी एकजनाको मृत्यु भएको छ । ढुंगासहित झरेको पहिरोले बगाउँदा लु ५० प ४६७१ नं. मा सवार पाल्पा मित्याल गाउँपालिकाका ३१ वर्षीय धनबहादुर सुनारीको मृत्यु भएको हो ।
प्रदेश नं. ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार ढुंगा झरिरहेका कारण शव र मोटरसाईकल निकाल्न असहज भएको छ । मोटरसाईकलमा एक जनामात्रै थिए वा अर्का व्यक्ति पनि थिए भन्ने खुल्न सकेको छैन ।
ढुंगासहित खसेको पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।

Related