पोखरा । अविरल बर्षासंगै गएको पहिरोले तीन दिन देखी अवरुद्ध म्याग्दी मुस्ताङ सडक सञ्चालनमा आएको छ। म्याग्दी र मुस्ताङबीचको सडक खण्डको घोप्टेभीरमा गएको पहिरोका कारण बेनी — जोमसोम सडकखण्ड पूर्णरुपमा बन्द थियो। भीरको कडाचट्टान काटेर बनाईएको साँघुरो सडक खण्डको भाग पैरोले लगेपछि त्यस सडक खण्डमा चल्ने सानाठूलो सवै सवारी आगमन ठप्प भएको थियो।
पहिरोले अवरुद्ध बनाएको सडक त्यसै ठाउँमा सडक बिस्तारको कार्य गरिरहेको डोजर र मजदुरहरुको सहयोगले अबरुद्ध सडक सञ्चाललनमा आएको प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले जनाकारी दिए। ‘पूर्णरुपमा अवरुद्ध सडक तीन दिनको प्रयासपछि खुल्ला भएको छ’ उनले भने। ‘तर मौसमका कारण झण्डौं एकसातादेखि अबरुद्ध हवाइसेवा भने खुलाहुन सकिरहेको छैन।’
करिडोर सडक, मुस्ताङ प्रशासन र जनप्रतिनिधिहरुको पहलमा शनिबार देखि अवरुद्ध सडक अस्थायी रुपमा एकतर्फी ट््याक खुल्ला गरिएको बेनी—जोमसोम सडकका सुपरभाईजर ईन्द्रसिंह शेरचनले जानकारी दिए ।
ट््याक खुल्ला भएपछि म्याग्दी र मुस्ताङको सिधा यातायात सेवा सूचारु भएको हो । सुपरभाईजर शेरचनको अनुसार साझ ५ बजे देखि साना ठुलो सबै सवारीसाधनलाई सहज हुने बताए।‘तत्काललाई भने साना सवारीमात्र सञ्चालनमा आएका छन्’ उनले भने। ‘सडकको निर्माण कार्यजारी रहेकाले साँझ सम्म ठूलो सवारी सञ्चालन हुने गरि कार्य भैरहेको छ।’

Related