• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सफल पाँच उद्यमीसँग फेदीखोला गाउँपालिकाको युवा उद्यम अभियान

  •    शुभेच्छा न्यूज संवाददाता  /३० असार २०७६, सोमबार १२:५६ ,  प्रकाशीत
  • स्याङ्जा : युवा उद्यमशिलतालाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम गर्दै आएको स्याङ्जाको फेदीखोला गाउँपालिकाले शनिबार जिल्लाका सफल पाँच युवा उद्यमीसँग अन्तरक्रिया तथा अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

    वैदेशिक रोजगारीबाट फर्किएर स्याङ्जाको वालिङमा ४ करोडको लगानीमा बंगुर फारम चलाउँदै आएका भिम लुँइटेल, पुख्र्यौली पेशाबाट अलग्गिएर पाउरोटी उद्योग चलाउँदै आएका सुन्दर श्रेष्ठ, प्राध्यापन पेशा छोडेर कृषि फार्म चलाउँदै आएका सरोज भुजेलले कार्यक्रममा आफ्नो व्यवसायिक अनुभव तथा उतारचढाव आदानप्रदान गरेका थिए ।

    त्यसैगरि अन्य २ व्यवसायीमा गण्डकी प्रदेशका पहिलो स्प्रिङ वाटर उद्योगी तथा गाउँपालिका सदस्य रामकाजी गुरुङ तथा करोडौंको लगानीमा पोल्ट्री सप्यालर्स चलाउँदै आएका इश्वर अधिकारी रहेका छन् ।

    आफ्नो अनुभव आदानप्रदान गर्दै व्यवसायी लुइटेलले उद्यमी बन्न सहज भएपनि सफल उद्यमीको दर्जामा उभ्याउन मेहनत र ढृढ संकल्प चाहिने बताए ।

    आफूले साझेदारीमा ४ लाख लगानीबाट सुरु गरेको फारममा अहिले ४ करोडको लगानी गर्न सफल भएको उनले बताए । सुरुवाती क्षणमा ब्राह्मणले बंगुर पाल्ने भनेर हिनताबोध प्रकट गर्ने मान्छेले अहिले आफ्नो सफलताको चर्चा गर्दा गर्व लाग्ने बताए ।

    उनका अनुसार अहिले स्याङ्जाको वालिङमा मात्र १ करोड बंगुरको मासुको माग छ । अर्का उद्यमी सुन्दर श्रेष्ठले व्यवसायीलाई स्थानीय तथा केन्द्र सरकारले प्राथमिकता दिई प्रोत्साहन दिनुपर्नेमा जोड दिए । अष्टे«लियामा स्नातकत्तोर डिग्री हासिल गरेका सुरज भुजेलले आफ्नो देशमा नै केही गर्ने चाहना र उद्देश्यले आफूलाई सफलता दिलाएको बताए । प्राध्यापन पेशा छोडेर कृषि व्यवसायमा होमिएका भुजेलले युवाहरुले आलोचक मात्र हैन पथप्रर्दशक बन्नु पर्ने बताए ।

    गाउँपालिकाको वार्ड नं. २ खड्केटारी निवासी, हाल पोखरामा पोल्ट्री व्यवसाय गर्दै आएका उद्यमी इश्वर अधिकारीले उद्योगको स्थापनाकालमा ज्ञान, तालिमको अभाव रहेकोमा वर्तमान पुस्ताले सो समस्या झेल्नु पर्ने नपरेको बताए ।

    कार्यक्रममा बोल्दै फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले समृद्ध गाउँपालिकाको आधार युवा उद्यमशिलता भएकाले गाउँपालिकाले स्थापनाकाल देखि नै विविध युवा उद्यम लक्षित कार्यक्रमलाई निरन्तरता दिँदै आएको बताए ।

    युवा उद्यमीलाई प्रोत्साहन गर्न विना व्याजमा ५ वटा समुहलाई आर्थिक सहायता प्रदान गरिएको बताए । युवामैत्री गाउँपालिका बनाउन युवालाई लक्षित गरि एक गाउँ एक उत्पादन अवधारणालाई अगाढि बढाइएको अध्यक्ष सुवेदीको भनाई थियो । त्यसैगरि भाटखोलामा औद्योगिक ग्राम निर्माण गर्न लागिएको सुवेदीले जानकारी दिए ।

    कार्यक्रममा सहभागीहरुले उद्यमीहरुको व्यवसायिक उतारचढावको अनुभव आफूहरुलाई प्रेरणादायी भएको बताए । साथै गाउँपालिकाले नव उद्यमीहरुलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

    कार्यक्रम सञ्चालक सुवास मल्लले युवाहरुले हरेक क्षेत्रमा वितृष्णा बढाउनुभन्दा सकरात्मकता र इच्छाशक्ति जगाएर परिवर्तनको बाहक बन्नुपर्ने बताए । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नन्दलाल शर्मा, उपाध्यक्ष देवी थापा, शिक्षा शाखा प्रमुख रामचन्द्र गुरुङ तथा वडाअध्यक्षहरुको सहभागिता रहेको संयोजक सुजन पोखे्रलले जानकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.