काठमाडौं । साहित्यकार तुलसीप्रसाद भट्टराईद्धारा लिखित दुई वटा पुस्तक एकै साथ लोकार्पण भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी भट्टराईद्धारा गजल संग्रह मञ्जरी र समता नामक खण्डकाब्य लोकार्पण गरियो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, पूर्वमन्त्री जितु गौतम, साहित्यकारहरु डम्बर पहाडी, तिलकप्रसाद उप्रेती, रमेश सुभेच्छुक, श्याम केसी, कल्पना काफ्लेलगायतले संयुक्त रुपमा लोकार्पण गरे ।
सो कृतिको लोकापर्ण कार्यक्रममा कुलपति उप्रेतीले बजारमा धेरै कृति आइरहने पनि ‘मञ्जरी’ र ‘समता’ नामक खण्डकाब्यले सिंगो समाजको प्रतिनिधित्व गर्ने बताए । उनले ‘समता’ नामक खण्डकाब्यले हिन्दु धर्मले कथित दलित जातीलाई होच्याइरहने परम्परा गलत भएको पुष्टि गर्ने बताए ।
‘पुस्तक समाजको ऐना हो, यसले समाज जस्तो छ त्यस्तै बोल्नुपर्छ’ उनले भने, ‘हिन्दु धर्ममा दलितलाई हेला गरिएको उल्लेख गरिएको भए पनि धर्म गन्थहरुमा त्यस्तो लेखिएको छैन भन्ने प्रमाणित गरिदिएको छ ।’
कुलपति उप्रेतीले साहित्यकार भट्टराईद्धारा रचित दुवै पुस्तकले नेपाली साहित्यको क्षेत्रलाई थप उभाईमा पु¥याउने अपेक्षा पनि गरे । साहित्य सुधा नेपालद्वारा आयोजित लोकापर्ण कार्यक्रममा सो पुस्तकको समालोचना गर्दै साहित्यकार तिलकप्रसाद उप्रेतीले पुस्तक पुस्तक मात्रै नभएर सारा नेपालीले पढ्नैपर्ने ज्ञानको भण्डार भएको बताए ।
समता खण्डकाव्यमा विभिन्न धार्मिकशास्त्र, समाजशास्त्र र प्रचलित कानूनका पुस्तकहरुको लामो स्वाध्ययनपछि साहित्यकार भट्टराईले छन्दबद्ध काव्यको रुपमा तयार गरेको यो दोस्रो कृति हो । पहिलो कृतिका रुपमा साहित्यकार भट्टराईले गजल संग्रह ‘मञ्जरी’लाई लिएका छन् । जसको मंगलबार नै लोकोर्पण गरिएको छ ।
‘गजल मञ्जुरी’ मा सामाजिक कुसंस्कार र राजनीतिक विचलन लगायतका विषयका ५८ वटा गजल समावेश गरिएको छ । झापामा बसेर साहित्य सिर्जनामा तल्लिन भट्टराईले आफ्नो कृति ‘समता’ मा छुवाछूत मान्नुलाई अपराधको रुपमा उल्लेख गरेका छन् ।

Related