• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

साली भित्र्याउन श्रीमतीकाे हत्या, पैसा कुम्ल्याउन एक कराेडकाे बीमा

  •    नरहरि पौड्याल  /२ श्रावण २०७६, बिहीबार ०३:१३ ,  प्रकाशीत
  • श्रीमतीको हत्यामा संलग्न श्रीमानसहित ४ जनालाई कास्की प्रहरीले सार्वजनिक गरेको छ। पोखरा महानगरपालिका-१५ कान्तिपुर चोक बस्ने २७ वर्षीय लक्ष्मी नेपालीको हत्यामा संलग्न श्रीमान रमेश नेपालीसहित ४ जनालाई प्रहरीले बुधबार सार्वजनिक गरेको हो ।

    एक वर्षदेखि साली अनु परियारसँग प्रेम सम्बन्धमा रहेका रमेशले आफ्ना साथीसहित भारतीय नागरिक प्रयोग गरी श्रीमतीको हत्या गरेको कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताए ।

    भोजपुर नगरपालिका-५ बैंकरोड घर भई हाल पोखरा-९ महेन्द्रपुल बस्ने ३२ वर्षका सञ्जय शर्मा, सर्लाही ईश्वरपुर नगरपालिका-३ घर भई हाल पृथ्वीचोक बस्ने २६ वर्षीय चितरञ्जन कुमार साह र रमेशकी साली गोरखा गण्डकी गाउँपालिका-७ घ्यालचोककी १९ वर्षीया अनु परियारलाई प्रहरीले सार्वजनिक गरेको हो ।

    हराएकाे २५ दिनपछि लक्ष्मीकाे कंकाल महानगरपालिका-२२ कर्कलेको जंगलमा भेटिएको थियो। श्रीमान रमेशले श्रीमतीको खुट्टाको भएको एलर्जीको जडिबुटी जंगलमा पाइने बताउँदै कर्कले जंगलमा लगेर हत्या गरेका थिए।

    रमेशको लामो योजना र तयारीमा पोखरामा मोवाइल व्यवसाय गर्ने साथीहरुको सल्लाहमा एउटा कार र स्कुटर भाडामा लिएर श्रीमती लक्ष्मीको हत्या गरिएको प्रहरीले जनाएको छ ।

    हत्याको दुईदिनमै प्रहरीमा उजुरी
    १ असारमा लक्ष्मीकाे हत्या भएपछि रमेशले भोलिपल्टै पत्नीको खोजी गरिदिन भन्दै पोखरा महानगर- १५, वडा प्रहरी कार्यालय रामबजार र जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका थिए। श्रीमती लक्ष्मीले १ लाख ५० हजार लिएर घरबाट हिँडेको दाबी गर्दै श्रीमती नहुँदा छोराछोरी र परिवार बिचल्लीमा परेको भन्दै उनले उजुरी दिएको प्रहरीले जनाएको छ।

    प्रहरीको शंकाको घेरामा यसरी परे रमेश
    रमेशकाे नाटक प्रहरीमा उजुरी दिनेमात्रै सीमित हुँदैन । विभिन्न मिडियाहरुमा उनी रुँदै श्रीमती बेपत्ता भएकोले परिवार र छोराछोरी बिचल्लिमा परेको प्रचारमा पनि उत्रिएका थिए । तर, घट्नाको सुक्ष्म अध्ययन गरेका प्रहरी अधिकारीकाे नजरबाट भने उनी बच्न सकेनन् ।

    रमेशको क्रियाकलापलाई लिएर सशंकित बनेकाे प्रहरीले घरमा खोजतालस गर्दा लक्ष्मीले प्रयोग गरेको मोबाइल, सिक्रीलगायत सामग्री घरमै भेट्याे । श्रीमतीको मोवाइल, गरगहना रमेशका क्रियाकलाप नियालेको प्रहरीले उनीमाथि नै अनुसन्धान बढाएपछि रमेशले घट्नाको सबै बेलीविस्तार लगाएका थिए।

    रमेशले पैसा खर्चेर श्रीमतीको योजनाबद्धरुपमा हत्या गरेको स्वीकार गरेपछि प्रहरीले हत्यामा संलग्न अन्यको खाेजी तीव्र पारेको थियो। यसैअनुसार अन्य तीन जनालाई प्रहरी पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढायाे ।

    साली भित्र्याउन पत्नीकाे हत्या
    प्रहरीका अनुसार लामो समयदेखि साली पर्ने युवतीसँग उनको प्रेम झागिँदै गएको थियो। आफ्नो प्रेम सफल बनाउन श्रीमती तगारो बनेको रमेशले महशुस गरेर श्रीमतीको हत्या योजना बनाएको प्रहरीको भनाइ छ। रमेशले आफू नजिकका साथीसंगीको सहयोगमा हत्याको योजना बनाएका थिए ।

    कसरी बुने रमेशले हत्या योजना ?
    लामो समयदेखि खुट्टामा समस्या भएकी श्रीमती लक्ष्मीलाई जडिबुटी खोज्ने भन्दै १ असारमा रमेशले पुम्दीभुम्दीस्थित कर्कले जंगलमा लगेका थिए । आफू जंगलतिर छिरेपछि अन्य सहयोगीले लक्ष्मीको हत्या गरेको प्रहरीसामु रमेशले बताएका छन् । १० लाख रुपैयाँ दिने सर्तमा मान्छे लगाएर श्रीमतीको हत्या गरेको प्रहरीसँगको बयानमा उनले भनेका छन् । चिप्लेढुङ्गामा मोवाइल पसल सञ्चालन गर्ने सञ्जय शर्मालाई एक महिलाको हत्या गर्नुपर्ने भन्दै रमेशले सहयोग मागेका थिए। त्यसपछि शर्माले पृथ्वीचोकमा मोवाइल पसल सञ्चालन गर्ने चितरन्जन साहमार्फत १० लाखमा भारतबाट मान्छे झिकाएर हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

    ३० जेठमा ३ जना भारतीय नागरिक पोखराको पृथ्वीचोकमा रहेको एक होटलमा बसेका थिए। उनीहरुलाई होटलमा बस्ने व्यवस्था सञ्जय र चितरन्जनले मिलाएका थिए।

    २५ दिनसम्म किन शवको गन्ध थाहा भएन ?
    साधारणतया, मानिसको मृत्यु भएको दुई तीन दिनमा गन्ध आउने गर्दछ। पोखरा-२२ पुम्दिभुम्दिस्थित ठुल्ढुङगाको जंगलमा हत्या गरिएकी लक्ष्मीको २५ दिनसम्म पनि शवको गन्ध स्थानीयले पत्तै पाएनन् ।

    त्यस ठाउँमा केही दिन पहिलेदेखि नै एउटा गाई मरेका कारण गाइको गन्ध नै होला भन्दै बटुवा र स्थानीय झुक्कीन पुगे। केही नजिक बस्ती र सिद्धार्थ राजमार्ग भए पनि सबै झुक्किन पुग्दा हत्याको पोल ढिलो खुल्याे ।

    यसरी दिएका थिए ‘सुपारी’
    लक्ष्मीको हत्या गराउन रमेशले ३१ जेठमा १ लाख अग्रिम बैना दिएका थिए। त्यसपछि उनले ५ लाख हत्या गरेलगत्तै दिएको र बाँकी ४ लाख दिन बाँकी रहेको प्रहरीसमक्ष बताएका छन्।

    हत्या गर्ने स्थान रमेशसहितको टोलीले अगाडि नै चयन गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

    यसरी थाहा भयो हत्या योजना
    रमेश, सञ्जय, चितरन्जन र तीनजना भारतीय नागरिक जंगलमा गएर योजना बनाएर फर्किएका थिए । उनीहरुले ग ११ प ८००३ नम्बरको स्कुटर र ग १ च २३६३ नम्बरकाे कार भाडामा लिएका थिए। सञ्जयले हाँकेको कारमा तीन भारतीय र चितरन्जन थिए भने रमेशले चलाएको स्कुटरमा श्रीमती लक्ष्मी चढेकी थिइन्।

    हत्या गर्ने व्यक्तिहरू त्यसै दिन भारततर्फ गएको रमेशले प्रहरीलाई दिएको बयानमा उल्लेख गरिएको छ। बाँकी रकम चितरञ्जनमार्फत पठाउने उनीहरुबीच सहमति भएको बुझिएको छ ।

    हत्या योजनासँगै जीवन बीमा
    रमेशले श्रीमती लक्ष्मीको हत्याको योजना बनाएसँगै जीवन बीमासमेत गरिदिएको खुलेको छ। बिमाबाट मृत्यु दाबी भुक्तानी वापतको ठूलो रकम बुझ्ने उद्देश्यले ४ महिनाअघि युनियन लाइफ इन्स्योरेन्समा १ करोडको जीवन बीमा गराएको प्रहरीले जनाएको छ ।

    बिमावापतको मोटो रकम र सालीसँग घरजम गर्ने योजनाअनुसार नै रमेशले श्रीमतीको हत्या गर्ने योजना एक वर्ष अघिदेखि बनाएको एसपी कार्कीले बताए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.