पर्वत । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा निर्माण कार्य रोकिएको छ । मनसुन शुरुभएसँगै काम गर्न अप्ठ्यारो भएको र कामदार समेत रोपाईका लागि घरतर्फ गएपछि १ महीनाका लागि काम रोकिएको लोकमार्ग आयोजना कार्यालय पर्वतले जानकारी दिएको छ ।
आयोजना प्रमुख आशिष थापा मगरले भदौ पहिलो हप्तासम्मका लागि लोकमार्ग विस्तारको काम रोकिएको बताए । ‘बाटो बन्द भएमा खुलाउने बाहेक अरु काम हुँदैन,’ थापा मगरले भने, ‘अरु काम मौसमले गर्न दिएन ।’ उनले बर्षामा काम गर्दा गुणस्तर नहुने र जोखिम पनि बढी हुने बताए ।
अहिले मनसुन सक्रिय भएपछि दैनिक जसो वर्षा भैरहेको छ । वर्षा भैरहेकाले ठाउँ ठाउँमा पहिरो जाने समस्या देखिएको छ । सडक अवरुद्ध भएमा तत्काल खुलाउनका लागि जनशक्ति र उपकरणहरु भने तयारी अवस्थामा राखिएको छ । आयोजना प्रमुख थापा मगरले भने, ‘सडक बन्द भएको खण्डमा एक घण्टामै खुलाउने गरी जनशक्ति र उपकरण रेडी अवस्थामै छ ।’
लोकमार्गको २४ किलोमिटर खण्ड पर्वत जिल्लाभित्र पर्छ । मनसुन अगावै पर्वत खण्डको काम सक्ने लक्ष्य थियो । तर, योजना अनुरुप सडक विस्तार भने हुन सकेन । यो खण्डमा अहिलेसम्म ५५ प्रतिशत भौतिक प्रगति भएको आयोजना कार्यालयले बताएको छ ।
सदरमुकाम कुश्मा बजार क्षेत्रको ४ किलोमिटर बाहेक अन्य खण्डमा कालोपत्र गर्ने सबै संरचना तयार भएको छ । करीब दुई किलोमिटर खण्ड कालोपत्र भैसकेको छ ।

Related