अवैध यौनधन्दा सञ्चालन गरेको आरोपमा नवलपरासीको बर्दघाटबाट प्रहरीले १० जनालाई पक्राउ गरेको छ। प्रहरीले पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर २ चिसापानीबाट होटल सञ्चालकसहित १० जना पक्राउ गरेको हो।
पक्राउ पर्नेमा होटल सञ्चालक रहेश कोइरालासहित ६ जना पुरुष र ४ जना महिला रहेको प्रहरीले जानकारी दिएको छ। पूर्वपश्चिम राजमार्गको नजिकै रहेको न्यु शीतलपाटी स्टाफ होटल एण्ड लजबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले बताएको छ।
लामो समयदेखि होटलमा यौन धन्दा सञ्चालन हुँदै आएको सूचनाको आधारमा सोमबार छापा मारेको हो। यस अघि पनि पटकपटक यौन धन्दाका वारेमा सञ्चार माध्यमहरुमा समाचार प्रकासन भएका थिए।

Related