चितवनमा प्रतिवन्धित नेटवर्कीङ व्यवसाय संचालन गरी ठगी गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले सर्वसाधारणहरुलाई झुकाएर नेपालमा प्रतिवन्धित नेटवर्कीङ व्यवसाय गरि रहेको भन्ने सूचनाको आधारमा मुख्य अभियुक्तसहित ३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा एल टि एभरेष्ट हर्वल लाईफ ग्लोबल प्रालिका अध्यक्ष जिल्ला सुनसरी धरान उपमहानगरपालिका वडा नम्बर ७ बस्ने बर्ष ३७ को सुमन भन्ने जहरमान घिसिङ र सदस्यहरु जिल्ला गोरखा पालुङटार नगरपालिका वडा नम्बर १० बस्ने बर्ष ३९ को डिबि भन्ने दल बहादुर गुरुङ, जिल्ला रुपन्देही बुटवल उपमहानगरपालिका वडा नम्बर ९ बस्ने बर्ष ४३ की पार्वती केसी रहको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक एक नारायण कोईरालाले जानकारी दिए ।
ग्लोबल प्रालि नामको संस्था काठमाण्डौमा दर्ता गरी चितवनमा समेत सर्वसाधारणहरुलाई झुक्काएर ठगी गर्दै आएको थियो । यहि साउन ५ गते पक्राउ परेका निजहरुसंग सोधपुछ गर्ने क्रममा निजहरुले प्रचलित कानून अनुसार प्रतिबन्धित नेटवर्कीङ अन्तर्गत पिरामिड शैलीको व्यापार प्रणाली अपनाएको देखिएको आज एक विज्ञप्ती मार्फत प्रवक्ता कोईरालाले जानकारी गराए ।
निजहरुबाट पिडित भएका व्यक्तिहरुबाट ठगी सम्बन्धी जाहेरी दरखास्त समेत पर्न आएकोले पक्राउ परेका तीनै जना उपर ठगी मुद्दा चितवन जिल्ला अदालतमा दर्ता भई म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको समेत चितवन प्रहरीले जनाएको छ ।

Related