• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा पुष्पलाल स्मृती राष्ट्रिय ब्याडमिण्टन जारी

  •    शुभेच्छा न्यूज संवाददाता  /८ श्रावण २०७६, बुधबार १३:०३ ,  प्रकाशीत
  • ४१ औं पुष्पलाल स्मृती दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी र नेपाल राष्ट्रिय बाणिज्य संघको संयुक्त आयोजनामा पोखरामा पुष्पलाल स्मृती प्रथम राष्ट्रिय, दोश्रो गण्डकी प्रदेश तथा चौंथो कास्की जिल्ला स्तरिय ब्याडमिण्टन प्रतियोगिता जारी रहेको छ ।

    प्रतियोगिता अन्तर्गत बुधबार विभिन्न इभेण्टमा प्रतिस्पर्धा भएका छन् ।५५ वर्ष माथिको भेट्रान्समा कास्कीका जयराम हमाल र रामजी बाँस्तोलाको जोडीले फाइनलमा स्थान बनाएका छन् । जयराम जोडीले चितवनका पुष्प श्रेष्ठ र राजेन्द्र शाक्यको जोडीलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित बनाएको हो ।

    राष्ट्रिय खुल्लातर्फ कास्कीका गणेश रायमाझी र शम्भु श्रेष्ठको जोडीले सुरेन्द्र हमाल र रोमन बानियाँको जोडीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरे भने विशाल खड्का र भुगोल गुरुङ्गको जोडीले पाल्पाका बसन्त बज्राचार्य र विनय खातिको जोडीलाई पराजित गर्दै अन्तिम चारमा आफ्नों स्थान सुरक्षित बनाए ।

    गण्डकी प्रदेशस्तरितर्फ बाग्लुङ्गका विवेक जिसी र राजन खड्काको जोडीले कास्कीका रेशम आले र सिद्धार्थ लामाको जोडीलाई पराजित गर्दै सेमिफाइनल पुग्दा कास्कीका विशाल हिराचन र बिरेन्द्र कुँवरको जोडीले कास्कीकै होम गुरुङ्ग र प्रदिप श्रेष्ठको जोडीमाथि जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको प्रतियोगिताका प्रचार प्रसार समिति संयोजक लक्ष्मण न्यौपानेले जानकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.