भारतीय नहरले गाउँ डुबेपछि स्थानीयले भत्काई दिए गण्डक नहर
/८ श्रावण २०७६, बुधबार १५:५६ , प्रकाशीत
नवलपरासी । अविरल वर्षापछि आएको बाढीका कारण गाउँ डुबानमा परेपछि स्थानीयले गण्डक नहरको डिल भत्काई दिएका छन् । गाउँ नै डुब्ने अवस्था आएपछि उनीहरुले बुधबार बिहानै नहर भत्काई दिएका हुन् ।
स्थानीय सर्वसाधरण बुधबार बिहानै कोदालो, गैंची लिएर गई नहरको डिल भत्काएको स्थानीय रामु न्यौपानेले जानकारी दिएका छन् । त्रिवेणीमा भारतीयले बनाएको नहरका कारण नेपाली भू–भाग डुबानमा पर्दै आएको छ । त्रिवेणी हुँदै १९ किलोमिटर लामो गण्डक नहर सिचाइँका लागि भारत लगिएको छ । नहरका कारण सयौ बिघा खेत र सिंगो महलवारी गाउँ नै डुबानमा परेपछि स्थानीय आक्रोशित छन् ।
भारतीय नहरको डिल यहाँको खेतको सतहभन्दा निकै माथि भएका कारण वर्षेनी पानीले सहज निकास नपाउँदा हजारौँ बिघामा लगाइएको धानबाली डुबानमा पर्ने गरेको स्थानीय बताउँछन् । बाँधका कारण सधैँ गाउँ डुबानमा पर्ने स्थानीय प्रेम चन्द्र गुप्ता बताउँछन् ।
नेपाली भू–भाग डुबानमा नपार्न त्यहाँ रहेका पानीको निकासका लागि बनाइएको साइफन भारतले वर्षेनी सफा गर्नुपर्नेमा नगरेका कारण नेपाली बस्ती र खेती डुबानमा पर्ने गरेको उनले जानकारी दिए ।
सम्झौताअनुसार गण्डक नहरले पुग्ने क्षति तत्काल न्यूनिकरण गर्ने र मर्मतको जिम्मा भारत सरकारको हो ।त्रिवेणीमा बाँध बाँधेर भारतले १८ हजार क्यूसेक पानी भारतमा सिंचाइका लागि लैजाने गरेको छ ।

Related