कामना सेवा विकास बैंकका कास्कीको पुरुन्चौरमा ९७ औ शाखा
/८ श्रावण २०७६, बुधबार १०:१७ , प्रकाशीत
पोखरा । कामना सेवा विकास बैंकले कास्कीको पुरुन्चौरमा शाखा सञ्चालनमा ल्याएको छ । राजधानी काठमाडौँ, पोखरा, बुटवल र नारायणगढ लगाएतका शहरहरुमा कारोवार सञ्चालन गर्दै आएको बैकले पुरुन्चौरमा ९७ औँ शाखा स्थापना गरी कारोबार शुरु गरेको हो ।
शाखाको सोमबार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले उद्धाटन गरेका हुन्। मन्त्री लम्सालले अर्थतन्त्रलाई क्रियाशील बनाउन बैंकिङ क्षेत्रको भूमिका महत्वपुर्ण रहेको बताए।
उनले साधन र स्रोतको परिचालन गरी लगानीलाई प्रोत्साहित गर्न तर्फ बैकहरु अग्रसर हुनु पर्ने बताए।‘सरकारले निजि क्षेत्रलाई अर्थतन्त्रको महत्वपूर्ण खम्बाका रुपमा मान्दै आएको छ’ उनले भने। ‘बैंक नाफामूखी भन्दा सेवामुखी बनेर उत्पादनका क्षेत्रमा लगानी बिस्तार गर्दै रोजगारी श्रृजना गर्ने तर्फ अग्रसर हुनुपर्छ।’
बैंकका सञ्चालक देव कृष्ण काफ्लेले बैंकले विभिन्न शहरी तथा ग्रामीण क्षेत्रहरुमा शाखा विस्तार गर्दै सहज र सरलरुपमा बैंकिङ्ग सेवा उपलब्ध गराएको बताए। उनले शाखा विस्तार सँगै बैंकले सेवा सुविधाहरु थप्दै जाने बताए।
बैकले कारोबार शुभारम्भ गरेको अबसरमा ग्राहकलाई ७ लाख सम्मको दुर्घटना बिमा, १ लाख सम्मको औषोधी उपचार सेवा र एटिएम बैंकिङ करोबार लगाएतको सेवा निशुल्क प्रदान गर्ने बैकका सहमहाप्रबन्धक टुवराज बास्तोलाले बताए।

Related