• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकीबाट १ बर्षमा रोजगारीका लागि १० हजार युवा विदेशिए

  •    शुभेच्छा न्यूज संवाददाता  /८ श्रावण २०७६, बुधबार ०३:५९ ,  प्रकाशीत
  • पोखरा । गण्डकी प्रदेशबाट रोजगारीका लागि ठूलो संख्यामा युवाहरु बिदेशीएका छन्। पोखरामा श्रम कार्यालय स्थापना भएयता अघिल्लो आर्थिक वर्षमा गण्डकी प्रदेशबाट झन्डै १० हजार युवा विदेशिएका छन् । पोखराको श्रम तथा रोजगार कार्यालयबाट गत वर्षको पौष २५ गतेदेखि असार मसान्तसम्म नौ हजार सात सय ९१ जना पुनः श्रम स्वीकृति लिएका छन् ।

    श्रम तथा रोजगार कार्यालयबाट हाल युएई, कतार, मलेसिया, बहराइन, इजरायल, लेवनान, साउदी अरेबिया लगायतको राष्ट्रको लागि श्रम स्वीकृति दिँदै आएको छ ।

    कार्यालयका अनुसार असार मसान्तसम्म नौ हजार पाँच सय ७७ जना पुरुष र दुई सय १४ जना महिलाले श्रम स्वीकृति लिएका हुन् । कार्यालयले दिएको तथ्यांक अनुसार कार्यालय स्थापनाको पहिलो महिनामा दुई सय १४ जना पुरुषले मात्र श्रम स्वीकृति लिएका थिए । त्यसयता हरेक महिना हजार देखि दुई हजारको हाराहारीमा कार्यालयले श्रम स्वीकृति जारी गरेको छ ।

    कार्यालयका अनुसार माघ महिनामा एक हजार तीन सय ४७ जना पुरुष र २७ महिला सहित कुल एक हजार तीन सय ७४ जनाले श्रम स्वीकृति लिएर विदेशिएका थिए ।

    फागुनमा एक हजार आठ सय ६२ जना पुरुष र ४५ जना महिलाले कार्यालयबाट स्वीकृति लिएका छन् । चैतमा भने सबैभन्द बढी एक हजार नौ सय ५३ जनाले श्रम स्वीकृति लगेको कार्यालयको तथ्यांक छ । उक्त महिनामा ५० जना महिना र एक हजार नौ सय ३ जना पुरुषले पुनः श्रम स्विकृत गराएका थिए ।

    यस्तै, वैशाखमा एक हजार सात सय जना पुरुष र ३९ जना महिला, जेठमा एक हजार चार सय ३७ जना पुरुष र १८ जना महिला तथा असारमा एक हजार एक सय १४ जना पुरुष तथा ३५ जना महिलाले पुनः श्रम स्वीकृति लिएका हुन् ।

    वर्षातको समय भएका कारण पछिल्लो समय श्रम स्वीकृति लिनेको संख्या कम देखिएतापनि भदौदेखि यो संख्या बढ्ने कार्यालयले जानकारी दिएको छ । पहिलोपटक श्रम स्वीकृत गराउनेको हकमा भने सेवाग्राही आफैं काठमाडौं जानुपर्छ । अन्यको हकमा राजधानी धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ ।

    कार्यालयले अभिमुखीकरण तालिम प्रदायक संस्थाको अनुगमन गर्नेे, म्यानपावर व्यवसायी र कामदारबीच सुमधुर सम्बन्ध स्थापना गर्ने र कामदारलाई सूचना प्रणालीमा सहजीकरण गर्ने काम पनि गर्दै आएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.