• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

आगामी तीन दिनकाे माैसम पुर्वानुमान,देशभरि वर्षा

  •    शुभेच्छा न्यूज संवाददाता  /१० श्रावण २०७६, शुक्रबार ०३:४६ ,  प्रकाशीत
  • मनसुनको न्यून चापीय रेखा तराईनजिकै रहेकाले देशभरि वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मंगलबार राति देशको पश्चिमी क्षेत्रमा धेरै वर्षा भएको छ। काठमाडौं उपत्यकासहित देशका मध्यक्षेत्रमा भने बुधबार पनि वर्षा जारी छ।

    वर्षाका कारण देशभरका हवाइ सेवा समेत प्रभावित भएको छन् । काठमाडौं विमानस्थलले दिएको जानकारी अनुसार अहिले देशका विभिन्न विमानस्थलहरु वर्षाका कारण बन्द भएका छन् । अन्तर्राष्ट्रिय उडान नियमित भएपनि आन्तरिक उडान भने प्रभावित भएको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रताव तिवारीले दिएको जानकारीअनुसार अहिले चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, लुक्ला,भरतपुर र पोखरालगायतका विमानस्थल बन्द भएका छन्। ‘आज दिनभरि नै पानी पर्छ। बिहीबार अलि कम भए पनि शुक्रबारबाट मात्र मौसममा सुधार हुने देखिन्छ,’ पूर्वानुमान महाशाखाका मौसमविद् वरूण पौडेलले भने।

    अबको २४ घन्टाभित्र देशका पूर्व, मध्य र पश्चिम क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना छ । ती क्षेत्रका पहाडी भू-भागमा पहिरो जान सक्ने तथा पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सतह हल्का बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

    ८ गते (बुधबार)

    दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही देशका अधिकांश स्थानहरुमा वर्षा हुनेछ। देशको थोरै स्थानहरुमा भारी वर्षा हुने सम्भावना छ।

    राती: देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानहरुमा वर्षा हुनेछ। देशका थोरै स्थानहरूमा भारी वर्षा हुने सम्भावना छ।

    ९ गते (बिहीबार)

    दिउँसो: देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुनेछ। । देशको पश्चिम तथा मध्यका एक वा दुई स्थानहरुमा भारीको सम्भावना रहेको छ ।

    राती: देशभर सामान्य बदली रहि केही स्थानहरुमा वर्षा हुनेछ |

    १० गते (शुक्रबार)

    दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुनेछ।

    राती: देशभर सामान्य बदली रहि केही स्थानहरुमा वर्षा हुनेछ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.