• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराको पश्चिमाञ्चल सामुदायीक अस्पतालमा सुत्केरीको मृत्यु पछि तनाब

  •      /१० श्रावण २०७६, शुक्रबार १२:४७ ,  प्रकाशीत
  • पोखरा । पोखराको पृथ्वीचोक स्थित पश्चिमाञ्चल सामुदायीक अस्पतालमा सुत्केरीको ज्यान गएपछि तनाब उत्पन्न भएको छ ।

    हिजो बिहान अस्पताल आएकी कास्की अन्नपुर्ण गाउँपालिका वडा नम्बर ७ लान्दुककी ३३ बर्षिय निशा कुमारी थापाको चिकित्सकको लापरवाहीका कारण ज्यान गएको आरोप लगाउदै आफन्तहरु आन्दोलनमा उत्रिएपछि तैनाथ प्रहरीसंग झडप भएको छ।

    सुत्केरीको मृत्यु पछि आफन्तहरुले अस्पताको लापरवाहीले सुत्केरीको मृत्यु भएको आरोप लगाउदै नारावाजी गरिरहेको र भीडबाट ढुङ्गा प्रहार भएपछि प्रहरीले रोक्ने प्रयास गर्दा झडप भएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रमुख एपी दानबहादुर कार्कीले बताए। ‘आफन्त र अस्पतालबीच वार्ताको प्रयास हुदै थियो। त्यसै क्रममा ढुङ्गा प्रहार भएपछि झडप भएको हो’ उनले भने। ‘झडपमा परी पाँच प्रहरीसहित ८ जना रहेका छन।’

    सुत्केरीको रक्तश्राव भइरहेको जानकारी हुँदाहुँदै उपचारमा संलग्न डाक्टर र नर्सले लापरवाही गरेकाले उचित कारवाही र क्षतिपूर्तिको माग राखेर आन्दोलनमा उत्रिएका मृतकका आफन्त र प्रहरी बीच झडप भएको हो।

    सुत्केरी व्याथा लागेपछि अस्पताल आएकी निशाले हिजो साझँ बच्चा जन्माएको भाई बसन्त थापाले बताए । सुत्केरी भएपछि अत्याधिक रक्तस्रावका कारण उनको ज्यान गएको थापाले बताए। ‘अत्याधिक रक्तश्राब भइरहेको अवस्थामा औषधी नगरी डाक्टरले अप्रेसन गरेका कारण दिदीको ज्यान गएको हो’ उनले भने। ‘पटकपटक डाक्टर नर्सहरुलाई रक्तश्राव भएको जानकारी गराउँदा पनि आवस्यक उपचार गरिएन।’

    नर्मल डेलिभरी भएपनि निशाको अत्याधिक रक्तसाब्रका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । डेलिभरी पछि धेरै मात्रमा रगत बगेपछि उनको पाठेघरको अप्रेसन गरिएको थियो । अपे्रसन पछि पनि रक्तश्राव नरोकिएपछि निशाको ज्यान गएको अस्पताका निर्देशक अजुन ज्ञवालीले बताए।

    मृतकका आफन्तहरुले भने अस्पताल र चिकित्सको लापरबाहीका कारण निशाको ज्यान गएको आरोप लगाएका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.