पोखरा । पृथ्वी राजमार्ग हुँदै पोखरा भित्रिने मुख्य प्रवेशद्वार विजयपुरमा बेलिब्रिज (पुल) सञ्चालनमा आएको छ। विजयपुर खोलामा बनाइएको स्टिल ब्रिज सञ्चालनमा आएको १ दशकमै जीर्ण बनेपछि विकल्पमा तत्कालको लागि बेलिब्रिज निर्माण गरी सञ्चालनमा ल्याइएको हो ।
सडक डिभिजन कार्यालय पोखरामार्फत विजयपुरमा हाल भइरहेको स्टिल ब्रिजको छेउमै बेलिब्रिज पूल निर्माणगरी (आज) शनिवार देखि सञ्चालनमा ल्याइएको हो ।बेलीब्रिज पुल सगरमाथा (जेभी) कम्पनीले २ करोड २० लाखको लागमा निर्माण गरेको हो ।
डाइभर्सन पुलको विकल्पमा शनिबार साँझदेखि बेलीब्रिज संचालनमा ल्याइएको सडक डिभिजन कार्यालय पोखराका सडक डिभिजन प्रमुख हरि प्रसाद पोख्रेलले बताए ।‘पुलको नट बोल्ट कस्ने काम सकिएपछि परिक्षण पश्चात बेलीब्रिज पुल सञ्चालनमा ल्याइका छौ’ उनले भने । ‘पुल सञ्चानमा आएपछि अब ठूला सवारीलाई सहज भएको छ ।’
पुलको पुर्व – पश्चिम क्षेत्रमा ग्रावेलिङगरी सवारी साधन संञ्चालन गरिएको पोखरेलले बताए । करिब ४ । ५ दिन पछि उक्त पुललाई सहयोग पु¥याउने गरी सडक किनाराहरु समेत पिच गरीने उनले बताए । करिब ४ । ५ बर्ष सम्म सञ्चालन हुने गरि अस्थायीरुपमा निर्माण गरिएको बेलीब्रिज पुलमा हाल ३५ टन क्षमता भन्दा माथिको भार बोक्न वा ओसार पोसार गर्न नहुने प्रमुख पोख्रेलले बताए ।
‘बेलीब्रिज अस्थायी पुल नै हो, यसको विकल्पमा अर्काे पुल आवश्यक नै हुन्छ, यो पुलको भारवहन क्षेमता ३५ टन मात्र हो’ उनले भने। ‘३५ टन भन्दा बढी भारवान क्षमताका सवारी साधनलाई पुलमा प्रतिवन्ध गरिने छ ।’
सडक विभागले विजयपुर खोलामा स्थायी (ढलान) पुल निर्माणका लागि २०५९ सालमा टेन्डर आह्वान गरी २०६४ मा निर्माण सम्पन्न गरेको उक्त पुल २०७५ को अन्त्यमा भाँचिएर काम नलाग्ने अवस्थामा पुगेको थियो ।
त्यसपछि कार्यालयले चैत २६ गतेदेखि पुलमा १० टनभन्दा बढी भारवहन क्षमताका हेभी गाडी निषेध गरेर डाइभर्सन बनाएको थियो । खोलामा बनाइएको डाइभर्सन बर्खायामको शुरुवात संगै पटकपटक बगेर ठूला सवारी आगमन नै ठप्प भएको थियो । खोलाले डाइभर्सन बगाएपछि यस अघि लगातार तीन पटक सम्म बनाइएको थियो ।
बेलिब्रिज निर्माणका लागि सडक डिभिजन कार्यलय पोखरा मार्फत गत चैतमा ठेकेदारको चयन गरी निर्माण प्रक्रिया तत्कालै सुरु गरिएको थियो। बेलिब्रिज निर्माणको जिम्मा सगरमाथा (जेभी) कम्पनीले पाएको थियो ।
सडक डिभिजन र ठेकेदार कम्पनी बीच वैशाख २२ गते पुल निर्माणको सम्झौता भएपछि तत्कालै काम अघि बढाएको थियो। यही असार मसान्त भित्र निर्माण कार्य सक्ने गरी ठेकेदार कम्पनीले जिम्मा लिएको थियो ।
विजयपुर पुलबाट दैनिक पोखरामा ६ हजार भन्दा बढि सवारी आवत जावत गर्ने गर्दछन् ।

Related